• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टर्कीमा डिजेलको मूल्य १०० लिराभन्दा माथि, दुई दिनमै दोस्रो वृद्धि

रिजन खड्का by रिजन खड्का
२ अशोज, २०८३
A A
टर्कीमा डिजेलको मूल्य १०० लिराभन्दा माथि, दुई दिनमै दोस्रो वृद्धि
0
SHARES
0
VIEWS

टर्कीमा डिजेलको मूल्य बिहीबार प्रतिलिटर थप ४.६८ टर्किस लिरा बढेपछि पहिलोपटक १०० लिराभन्दा माथि पुगेको छ । दुई दिनभित्रै डिजेलको मूल्यमा भएको यो दोस्रो ठूलो वृद्धि हो ।

इन्धन विक्रेता कम्पनी पेट्रोल अफिसीका अनुसार मंगलबार पनि डिजेलको मूल्य प्रतिलिटर करिब ६.५ लिराले बढेको थियो । लगातार दुईपटकको वृद्धिपछि इस्तानबुलमा डिजेलको मूल्य प्रतिलिटर करिब १००.३ लिरा पुगेको छ भने अंकारा र इज्मिरमा १०१ लिराभन्दा बढी पुगेको छ । केही प्रान्तमा मूल्य १०२ लिराभन्दा पनि माथि पुगेको राष्ट्रव्यापी पम्प मूल्य विवरणले देखाएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य उच्च रहनु, मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव तथा क्षेत्रीय ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताबीच टर्कीमा इन्धनको मूल्य बढेको हो ।

पछिल्लो मूल्यवृद्धिअघि नै देशभरका इन्धन स्टेशनहरूले मूल्य प्रदर्शन गर्ने डिजिटल बोर्डहरूमा तीन अंकको मूल्य देखाउन सुरु गरेका थिए ।

टर्कीमा पछिल्लो एक वर्षमा डिजेलको मूल्य निकै बढेको छ । सन् २०२५ को सेप्टेम्बरमा प्रतिलिटर करिब ५४ लिरा रहेको डिजेलको मूल्य अहिले ८५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसैबीच, टर्कीका अर्थ तथा वित्तमन्त्री मेहमेत सिम्सेकले सरकारले विश्व बजारमा बढिरहेको तेलको मूल्यको प्रभाव कम गर्न ‘स्लाइडिङ–स्केल’ इन्धन करमार्फत प्राप्त हुने अतिरिक्त कर राजस्व अस्थायी रूपमा त्यागेको बताएका छन् ।

बुधबार टेलिभिजन अन्तर्वार्तामा सिम्सेकले युरोपका धेरै देशमा डिजेलको मूल्य प्रतिलिटर १५० लिराभन्दा माथि पुगेको अवस्थामा टर्कीमा करिब १०० लिराको आसपास राख्न सरकारले ठूलो मात्रामा कर राजस्व त्यागेको बताए ।

कृषि र यातायात क्षेत्र डिजेलमा अत्यधिक निर्भर रहेकाले यसको मूल्यलाई अस्थायी रूपमा नियन्त्रणमा राख्नु महत्वपूर्ण रहेको सिम्सेकले बताए । उनका अनुसार यी क्षेत्रको लागतले देशको मुद्रास्फीतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

Previous Post

टर्की र इरानबीच पीकेके संवद्ध समूह विघटन तथा सीमापार सुरक्षा सहकार्यबारे छलफल

Next Post

पूर्वी स्पेनमा भारी वर्षा, एक जनाको मृत्यु, यातायात प्रभावित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav