• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

रियाद र यान्बुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
रियाद र यान्बुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यमनको हुथी समूहले साउदी अरबको राजधानी रियाद र पश्चिमी तटीय शहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत सैन्य प्रवक्ता याह्या सरियाले विज्ञप्ति जारी गर्दै ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर दुईवटा सैन्य कारबाही गरिएको बताएका छन्।

उनका अनुसार पहिलो आक्रमण रियादका केही संवेदनशील स्थानलाई लक्षित गरिएको थियो भने दोस्रो आक्रमण लालसागरको तटमा रहेको प्रमुख औद्योगिक तथा ऊर्जा केन्द्र यान्बुस्थित अराम्कोका संरचनालाई लक्षित गरिएको थियो। सरियाले दुवै आक्रमणले आफ्नो लक्ष्य सफलतापूर्वक प्रहार गरेको दाबी गरेका छन्।

शनिबार रियादमा दुईपटक विस्फोटको आवाज सुनिएको थियो। दोस्रो घटनापछि राजधानीको उत्तरपूर्वमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक धुवाँको मुस्लो देखिएको बताइएको छ। घटनाका कारण केही उडानमा ढिलाइ भएको थियो। साउदी अधिकारीहरूले यसअघि रियादका लागि हवाई खतराको चेतावनी जारी गरेका थिए। पछि खतरा टरेको घोषणा गरिएको थियो।

हालै हुथी समूह र साउदी अरबबीच तनाव बढेपछि रियादका लागि जारी गरिएको यो पहिलो हवाई खतरा चेतावनी भएको बताइएको छ।

हुथी सैन्य प्रवक्ता सरियाले आफूहरूले जानाजानी सर्वसाधारणलाई लक्षित नगरेको दाबी गरेका छन्। उनका अनुसार यमनमा हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले हवाई आक्रमण तीव्र बनाएपछि त्यसको जवाफस्वरूप रियादमाथि आक्रमण गरिएको हो।

उनले साउदी हवाई आक्रमण बन्द नभएसम्म र यमनमाथिका प्रतिबन्ध हटाइएसम्म आक्रमणको जवाफ आक्रमणबाट दिने रणनीतिअन्तर्गत कारबाही जारी राख्ने चेतावनी दिएका छन्।

यसैबीच, साउदी नेतृत्वको गठबन्धनले रियादलाई लक्षित गरी प्रहार गरिएको हुथी ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीका अनुसार बाइस, ताइफ, फरासान र यान्बुलाई लक्षित अन्य आक्रमणका प्रयाससमेत विफल पारिएको थियो।

उनले हुथी आक्रमणले सर्वसाधारण तथा नागरिक संरचनालाई लक्षित गरेको आरोप लगाउँदै भविष्यमा यस्ता आक्रमण रोक्न आवश्यक कदम चालिने चेतावनी दिएका छन्।

आक्रमण र त्यसबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भने तत्काल हुन सकेको छैन।

Previous Post

कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

Next Post

पूर्वी सिरियामा सैन्यस्थलमा विस्फोट हुँदा ११ सैनिकको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In