• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयोः ओली

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयोः ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन्।

सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिलाई सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरे।

अध्यक्ष ओलीले भोटेकोशी बाढीलाई आफ्नो पुस्ताले देखेकोमध्येको सबैभन्दा भयानक र असाधारण विपद्को संज्ञा दिँदै यस घडीमा आफ्नो पार्टीले जनताको पीडामा मलम लगाउन अन्य दलहरूले भन्दा बढी ठोस काम गरेको जिकिर गरे।

उद्धार र राहतको कार्यमा पार्टीका कार्यकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले वर्तमान सरकार भने केवल अफवाह फैलाउन र स्रोतसाधनको दुरुपयोग गर्नमा केन्द्रित रहेको आरोप लगाए। सरकारको आलोचना गर्दै ओलीले बेली ब्रिज निर्माणका सन्दर्भमा राज्यले जनतालाई भ्रममा पारेको दाबी गरे।

ओलीले भने, ‘भदौ १० गते भोटेकोशीमा आएको बाढीले हाम्रो पुस्ताले देखे–भोगेकोभन्दा पनि पृथक् र अभूतपूर्व रूपमा ठूलो मानवीय तथा भौतिक क्षति गर्‍यो। त्यसपछि उद्धार र राहतमा हामी सक्रिय रूपमा लाग्यौँ। जनताको पीडामा मलम लगाउने काममा हाम्रो पार्टीले आफ्नो तर्फबाट अन्य दलभन्दा बढी ठोस पहल गरेको छ। तर सरकारको उद्धार तथा राहत व्यवस्थापनमा देखिएको कमजोरी, राज्यका स्रोतसाधनको प्रभावकारी उपयोग हुन नसकेको अवस्था र गलत सूचना प्रवाह भएको विषयमा गम्भीर प्रश्न उठेका छन्। बेली ब्रिज निर्माण नभइसके पनि निर्माण भइसकेको भन्दै प्रचार गर्ने, एआईबाट तयार गरिएका तस्बिर तथा नक्सा प्रयोग गर्ने र एउटा खोलामा राखिएको पुललाई त्रिशूलीमा राखिएको भनेर प्रचार गर्ने जस्ता गतिविधिले वास्तविक अवस्थाबारे भ्रम सिर्जना गरेको छ। त्रिशूलीमा बेली ब्रिज राखिएको भनिए पनि अहिलेसम्म त्यहाँ बेली ब्रिज जडान नभएको अवस्था छ। त्यसैले विपद्को समयमा प्रचारभन्दा तथ्यमा आधारित सूचना, प्रभावकारी उद्धार र वास्तविक पुनर्स्थापनामा राज्यको ध्यान केन्द्रित हुनुपर्छ।’

उनका अनुसार त्रिशूलीमा बेली ब्रिज बनिसकेको भनी प्रचार गरिए पनि वास्तविकतामा सो स्थानमा कुनै काम भएको छैन। केवल एउटा खोलाको तस्बिरलाई त्रिशूलीको भन्दै गलत प्रचार गरिएको उनको भनाइ छ।

Previous Post

पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः अध्यक्ष ओली

Next Post

राष्ट्रिय सभाको शुन्य समयः महँगी, कुटनीतिक कमजोरी र दलित बजेट कटौतीको विरोध

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In