• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ।

संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव रहेको नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद मल्लले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मल्लका अनुसार सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप बढेको छ। पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्र ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ।

परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा संक्रमण देखिएकाले वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ। स्थानीय तहले रोग नियन्त्रण र परीक्षणका लागि आवश्यक सहयोग माग गर्दै संघीय र प्रदेश सरकारलाई पत्राचार गरेको महिना दिन बितिसक्दा पनि कुनै ठोस सुनुवाइ नभएको मल्लले बताए।

परीक्षण किटको अभावमा समयमै रोग पहिचान गर्न नसक्दा बिरामीहरू थप जोखिममा परेको उनले बताए।

उनले भने, ‘सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण ७ जनाको दुःखद निधन भएको छ। संक्रमण बढ्दै जाँदा नागरिकहरू जोखिममा छन्। तर रोग पहिचानका लागि आवश्यक परीक्षण किटसमेत पर्याप्त छैन। स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सामग्री माग गरेको लामो समय भइसक्दा पनि पर्याप्त सहयोग पाउन सकेको छैन।’

‘दार्मा, कुमाख र बागचौरलगायतका पालिकामा संक्रमण बढिरहेको छ। पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ, जुन परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशत हो। यो परीक्षणबाट देखिएको तथ्यांक मात्र हो। पर्याप्त परीक्षण हुन नसक्दा संक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन।’

‘देशभर पनि स्क्रब टाइफसको संक्रमण बढिरहेको अवस्थामा कर्णाली र सुदूरपश्चिम बढी जोखिममा छन्। त्यसैले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सल्यानमा तत्काल पर्याप्त परीक्षण किट, औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गर्दछु। जोखिमयुक्त क्षेत्रमा घरदैलो स्वास्थ्य परीक्षण, जनचेतना अभियान र स्वास्थ्यकर्मीको अभिमुखीकरण सञ्चालन गरियोस्। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चालियोस्।’

नेपालमा स्क्रब टाइफसको संक्रमण डरलाग्दो रूपमा वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा ९,२४३ रहेको संक्रमितको संख्या आव २०८१/८२ मा २५,४९४ पुगेको छ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ।

स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहेको स्मरण गराउँदै सांसद मल्लले तत्काल औषधि, परीक्षण किट र स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरे। उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण र जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

Previous Post

त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश

Next Post

शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्ः सांसद रचना खतिवडा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In