• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्ः सांसद रचना खतिवडा

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्ः सांसद रचना खतिवडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देश सुधारका लागि संसद्मा आएको स्पष्ट पारिन्। सांसद खतिवडाले संसद्को रोस्ट्रमबाट बोल्दै आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीको सशक्त प्रतिवाद गरिन्।

उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेन–जी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको जिकिर गरिन्। सम्बन्धित राजनीतिक दल र सरकारलाई लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रह गरिन्।

खतिवडाले आफूले न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, ‘मेरो काख रितिएको छ, संसार उजाडिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन। म त एउटी शहीदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरून् भनेर खबरदारी गर्न आएकी हुँ।’

सरकारसँग माग राख्दै सांसद खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीको रिहाइ, घाइतेहरूको निःशुल्क उपचार र शहीद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न ध्यानाकर्षण गराइन्।

Previous Post

सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो

Next Post

कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In