• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यातायात व्यवसायी तथा श्रमिकहरूले कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरेका छन्।

स्वतन्त्र चालक संघ नेपालको अगुवाइमा यातायात व्यवसायी तथा श्रमिकहरूले मंगलबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन्। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा जलेर चालक अर्जुन दोङको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा दोङका परिवार र यातायात व्यवसायीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। साथै, उनीहरूले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको आरोपसमेत लगाएका छन्।

प्रदर्शनमा सहभागीहरूले सवारी चालकहरूमाथि ट्राफिक प्रहरीले गर्ने ज्यादती बन्द गर्नुपर्ने, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, चालक आयोग गठन गरी घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक र सहचालकमाथि अन्याय गरेको आरोप लगाएका छन्। उनले सरकारले पीडितलाई उचित राहत दिएर दोषीलाई कारबाही नगरे श्रमिकहरू आन्दोलनमा उत्रिने चेतावनी दिए।

उनले भने, ‘यो राज्यले चालक र सहचालकमाथि गरेको अन्याय र अत्याचार हामी सहन सक्दैनौँ। यो कुरालाई सरकारले मनन गरोस्, प्रशासनले यसको उचित छानबिन गरोस् र पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय देओस्। हाम्रो आवाज नसुनेमा आन्दोलनले उग्र रूप लिन सक्छ, त्यसको जिम्मेवारी स्वयं राज्य नै हुनेछ।’

काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका मकवानपुरका दोङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति मृत्यु भएको थियो।

Previous Post

शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्ः सांसद रचना खतिवडा

Next Post

संसदको शुन्य समयः ‘संसारले मंगलमा जीवन खोज्दा नेपाली जनता जीवनमा मंगल खोज्न बाध्य’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In