• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिबद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरेका हुन्। सांसद झाले गत वर्ष चुनावी अभियानका क्रममा जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रतिबद्धता स्मरण गराए। मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताए।

साथै, उनले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गरे। विशेषगरी, कृष्णभीरको सडक १२ दिनभित्रै सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको उनले प्रशंसा गरे। कार्यसम्पादनमा सरकारले देखाएको यो गति अन्य आयोजनाहरूमा पनि आवश्यक रहेको उनले संकेत गरे।

उनले भने, ‘गत वर्ष चुनावी अभियानको सुरुवात गर्दै गर्दा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ। सोही प्रतिबद्धताअनुरूप जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रतिष्ठान क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएकोमा आभार व्यक्त गर्दछु। त्यसैगरी, हाल भइरहेका निर्माण कार्यमा सरकारले देखाएको तदारुकताप्रति पनि धन्यवाद व्यक्त गर्दछु। कृष्णभीरको सडक १२ दिनमै सुचारु गर्न देखाउनुभएको पहलप्रति माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। बाढीपीडितहरू विभिन्न स्थानका शिविरमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्ने जानकारी आएको छ। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद झाले मुलुकका विभिन्न भागमा रहेका बाढीपीडित शिविरहरूको अवस्थाबारे चिन्ता व्यक्त गरे। बाढीपीडितहरू बसोवास गरिरहेका अस्थायी शिविरहरूमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। असुरक्षित वातावरणका कारण पीडितहरू थप समस्यामा परेको भन्दै उनले तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।

Previous Post

नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

Next Post

बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In