• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

आर्कटिकमा अमेरिकाको सैन्य उपस्थिति विस्तारः अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच नयाँ सुरक्षा सम्झौता

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
आर्कटिकमा अमेरिकाको सैन्य उपस्थिति विस्तारः अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच नयाँ सुरक्षा सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिका, डेनमार्क र ग्रिनल्यान्डले आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई विस्तार गर्ने उद्देश्यसहित महत्वपूर्ण त्रिपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइन कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताले रणनीतिक रूपमा महत्वपूर्ण ग्रिनल्यान्डमा अमेरिकी सैन्य पहुँच विस्तार गर्ने बाटो खोलेको छ। यसअन्तर्गत उत्तर–पश्चिमी ग्रिनल्यान्डमा रहेको पिटुफिक स्पेस बेसको आधुनिकीकरण तथा विस्तार गरिनेछ भने नार्सारसुवाक र मेस्टरस्भिगमा थप रक्षा क्षेत्र स्थापना गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार अमेरिकी सेनालाई ग्रिनल्यान्डका रक्षा क्षेत्रहरूमा भूमि, हवाई तथा समुद्री मार्गबाट आवतजावतको थप पहुँच प्रदान गरिएको छ। अमेरिकी विमानलाई ग्रिनल्यान्डको भूभागमा उडान तथा अवतरण गर्नसमेत अनुमति दिइएको छ। यी व्यवस्था यसअघि भएका अमेरिका–डेनमार्क रक्षा सम्झौतामा थप प्रबन्धका रूपमा समावेश गरिएको हो।

सुरक्षाका दृष्टिले सम्झौताले ग्रिनल्यान्डमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको सैन्य सहकार्यलाई थप व्यवस्थित गर्ने प्रावधान समेटेको छ। साथै, अमेरिकी पक्षले प्रतिद्वन्द्वी मुलुकलाई ग्रिनल्यान्डमा सैन्य आधार वा संवेदनशील क्षेत्रमा प्रभाव कायम गर्नबाट रोक्ने उद्देश्यसमेत सम्झौतामा राखेको छ।

सम्झौता कार्यान्वयनका लागि डेनमार्क र ग्रिनल्यान्डमा आवश्यक अनुमोदन प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ सम्झौताले आर्कटिक तथा उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा सहकार्यलाई थप विस्तार गर्ने आधार तयार गरेको छ।

Previous Post

बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग

Next Post

इण्डोनेसियाको पश्चिम सुमात्रामा बाढीको वितण्डाः एक जनाको मृत्यु, चार घाइते

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In