काठमाडौं — राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
आयोगकी अध्यक्ष कमला पराजुलीले बुधबार राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ मा रहेको व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने प्रावधान छ। सोही व्यवस्थाअनुरूप राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका कामकारबाही तथा गतिविधिसँग सम्बन्धित वार्षिक प्रतिवेदन पेस गरेको हो।
