• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले बुधवार पत्रकार सम्मेलन गरी असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका ८ वटा टोली सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), खैरा क्लब पञ्जाब (भारत), श्रीलङ्का पुलिस क्लब कोलम्बो (श्रीलङ्का), मणिमुकुन्द भलिबल क्लब बुटवल, सभापोखरी भलिबल क्लब सङ्खुवासभा र गल्कोट भलिबल क्लब बागलुङ सहभागी हुनेछन् ।

प्रतियोगिता बुटवलस्थित बीआईसीसी परिसरमा अस्थायी संरचना निर्माण गरी सञ्चालन गर्ने अध्यक्ष आचार्यले बताए । प्रतियोगिताका लागि करिब चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ भने दुईवटा ठूला एलईडी स्क्रिन जडान गर्ने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ७५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ८ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई ५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिताको कुल अनुमानित खर्च १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको उनले जानकारी दिए । उनका अनुसार पुरस्कार तथा सम्मानतर्फ ३१ लाख ६१ हजार रुपैयाँ, खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायातमा १० लाख, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार र अन्य विविध खर्चमा १४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

मौसम तथा प्रतियोगिता सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने अन्य परिस्थितिका कारण समयावधि बढेमा खर्च बढ्न सक्ने उनले बताए । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय रेफ्री चन्द्रवदना राईको सहभागिता रहने उनले जानकारी दिए ।

अध्यक्ष आचार्यले भने, ‘मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अहिले २०८३ सालमा बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्दैछ । यो प्रतियोगितामा श्रीलङ्काको टिम पनि सहभागी रहनेछ । भारतका दुई टिम पनि सहभागी रहनेछन् । र नेपालका पाँच टिम सहभागी रहनेछन् । अन्तर्राष्ट्रिय खेलाडी र हजारौँ दर्शकको उपस्थितिमा बुटवलमा खेल हेर्न सकिनेछ । अस्थायी रंगशाला र दर्शक बस्ने ४ हजार क्षमताको प्यारापिट तयार गरेका छौँ । दुईवटा ठूला एलईडी स्क्रिन पनि त्यहाँ लगाउनेछौँ । व्यवस्थित मैदानमा म्याट ओछ्याएर प्रतियोगिता सम्पन्न गर्न खोजिरहेका छौँ ।’

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, स्थानीय तह, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी तथा अन्य सहयोगदातासँग सहकार्य गर्ने उनको भनाइ छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए ।

प्रतियोगिताका माध्यमबाट नेपाली भलिबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनको भनाइ छ । प्रतियोगितामा सहभागी खेलाडी, निर्णायक तथा आवश्यक प्राविधिक जनशक्तिका लागि दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

खेलाडीको स्वास्थ्य व्यवस्थापनका लागि डा. सुरज भुसालको नेतृत्वमा फिजियो टोली परिचालन गरिने तथा स्वास्थ्य विभाग प्रमुखका रूपमा डा. शक्ति बस्नेतले समन्वय गर्ने उनले जानकारी दिए ।

Previous Post

नागरिक लगानी कोषलाई राष्ट्रिय पुँजी निर्माणको आधार बनाउन सांसदहरूको जोड

Next Post

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न माग, बालबालिकाको सैन्यकरण नगर्न सरोकारवालाको चेतावनी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In