• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

नागरिक लगानी कोष विधेयकमा नेकपा सांसदको असहमतिः रियल इस्टेट र शिक्षा–स्वास्थ्यमा लगानीको विरोध

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
नागरिक लगानी कोष विधेयकमा नेकपा सांसदको असहमतिः रियल इस्टेट र शिक्षा–स्वास्थ्यमा लगानीको विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको प्रस्तावप्रति असहमति जनाउँदै सांसद तामाङले रियल इस्टेट (घरजग्गा) व्यवसायमा लगानी गर्ने सरकारी प्रस्ताव जोखिमपूर्ण रहेको औँल्याए । यसले वित्तीय संकट निम्त्याउन सक्ने चेतावनी दिँदै उनले विश्व अर्थतन्त्रमा रियल इस्टेटको असफलताले निम्त्याएको संकटलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस क्षेत्रमा लगानी गर्दा सावधानी अपनाउन आग्रह गरे ।

यस्तै, शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै सांसद तामाङले कोषले यी क्षेत्रमा नाफामुखी लगानी गर्न खोज्नु संविधानको भावनासँग मेल नखाने जिकिर गरे । शिक्षा र स्वास्थ्यमा सरकारको दायित्व हुनुपर्नेमा कोषको लगानीले निजीकरणलाई बढावा दिन सक्ने उनको तर्क छ ।

त्यसैगरी, हाल बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लिक्विडिटी) पर्याप्त रहेको अवस्थामा नागरिक लगानी कोषको पुँजी किन बढाउनुपरेको भन्दै उनले प्रश्न उठाए । कोषको पुँजी संरचनामा सरकार, बीमा कम्पनी र वित्तीय संस्थाहरूको प्रमुख भूमिका रहेको बताउँदै उनले जनताको थप पुँजी परिचालन नगरी सरकारी संयन्त्रभित्रैको रकम चलाउँदा यसले अर्थतन्त्रमा कस्तो असर गर्छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

Previous Post

डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण

Next Post

जलविद्युत आयोजनाको आईपीओमा सुरक्षाकर्मीलाई २% कोटा छुट्याइने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In