• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

प्रतिपक्षको भुमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छः महामन्त्री पौडेल

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
प्रतिपक्षको भुमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छः महामन्त्री पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताए । उनले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरे ।

उनले काठमाडौं महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

उनले भने, ‘सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ । तसर्थ, हामीले जिम्मेवार ढंगबाट भूमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५ औं महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ ।’

महामन्त्री पौडेलले पार्टीको १५ औं महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने इच्छा पार्टीको रहेको पनि व्यक्त गरे । पार्टीका सबै नेतालाई समेट्दै अघि बढ्ने काँग्रेसको योजना रहेको बताए ।

महामन्त्री पौडेलले पार्टीभित्र देखिएका असन्तुष्टि र दूरीलाई कम गर्दै सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टीभित्रको एकतासँगै काँग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता हो ।

कसैलाई अपमान गर्ने वा ठेस पुर्‍याउने आफ्नो कुनै मनसाय नभएको स्पष्ट पार्दै पौडेलले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘केही नेताहरू अझै बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौं कि पार्टीको मूलधारमा आइदिनुहोस् । नेपालको परिवर्तन प्रक्रियाको नेतृत्व नेपाली काँग्रेसले नै गर्न सक्छ, त्यो क्षमता र ल्याकत काँग्रेससँग छ । यसलाई आम नेपाली समाजमा थप विश्वसनीय बनाउनु नै हाम्रो प्रमुख ध्येय हो ।’

महामन्त्री पौडेलले पार्टीभित्रका नेताहरू मात्र नभएर काँग्रेस बाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिहरूलाई पनि पार्टीमा आकर्षित गर्ने वातावरण निर्माण गरिरहेको जानकारी दिए ।

Previous Post

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

Next Post

बुटवल काँग्रेसको नगर अधिवेशनः सभापतिका लागि ज्योति भण्डारी र जितबहादुर मल्लबीच प्रतिष्पर्धा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In