• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

एचपीभी खोपपछि बालिका गम्भीर बिरामीः सांसद सिद्दिकीले मागिन् सरकारसँग क्षतिपूर्ति

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
एचपीभी खोपपछि बालिका गम्भीर बिरामीः सांसद सिद्दिकीले मागिन् सरकारसँग क्षतिपूर्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

बिहीवारको संसद् बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी छन् । सांसद सिद्दिकीले सदनमा जानकारी गराएअनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । खोपपश्चात् गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आईसीयूमा उपचार गरिएको थियो । हाल उनी घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्दिकीले बताएकी छन् । उहाँले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेकी छन् ।

यसैगरी, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजतलासको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरेकी छन् । उहाँले तथ्यांक प्रस्तुत गर्दै बेपत्ताहरूको अवस्था अझै स्पष्ट नहुनु दुःखद् रहेको बताएकी छन् ।

उहाँले मुलुकको समग्र महँगी, नागरिकले भोग्नुपरेको आर्थिक संकट र आत्महत्याका बढ्दो घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उहाँले भन्नुभयो, ‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन् । आत्महत्याका घटना किन बढिरहेका छन् ? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदैछ ?’

उहाँले देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले ठोस योजनासहित नागरिकलाई जवाफ दिनुपर्ने बताएकी छन् ।

 

Previous Post

रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ?

Next Post

सरकारलाई रास्वपा सांसद ढकालको प्रश्नः ‘खोलो तरेपछि लौरो बिर्सने हो ?’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In