• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानुनी जटिलताप्रति असन्तुष्टि जनाएका छन् ।

आफ्नो परिवारको सदस्यको जीवन रक्षाका लागि सरकारी निकाय धाउँदा पनि सहयोग नपाएपछि उहाँले बिहीवारको संसद् बैठकमा ‘मानव जीवनभन्दा ठूलो कानुन हुन नसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुरको महाकाली अस्पतालमा भदौ ६ गते भर्ना भएकी भाइबुहारीको शल्यक्रियापछि स्वास्थ्य अवस्था एक्कासि जटिल बनेपछि सांसद महताले आपत्कालीन हवाई उद्धारको प्रयास गरेका थिए ।

चिकित्सकले बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि उहाँले स्वास्थ्य, गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गरेका थिए । तर मन्त्रालयका जिम्मेवार पदाधिकारीबाट फोन नउठ्ने र फोन उठेको अवस्थामा पनि ‘कानुनी जटिलता’ भन्दै पन्छिने काम भएको उहाँले बताएका छन् ।

सभामुखको सहयोगमा केही प्रयास भए पनि अन्त्यमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

सांसद महताले प्रश्न गर्दै भने, ‘म एक सांसद भएर राज्यको संयन्त्रसम्म पहुँच हुँदा त यति धेरै सास्ती छ भने दूरदराजका सर्वसाधारण नागरिकले कसरी आपत्कालीन उपचार पाउँछन् ?’

उहाँले हालको उद्धार प्रणालीमा रहेका प्रशासनिक झमेलाहरू तत्काल अन्त्य गर्न माग गरेका छन् । सांसद महताले चिकित्सकको सिफारिसका आधारमा तत्काल हवाई उद्धार गर्ने व्यवस्था लागू गर्न, स्वास्थ्य र गृह मन्त्रालय, सेना तथा नागरिक उड्डयन प्राधिकरणबीच २४ सै घण्टा समन्वय हुने संयन्त्र निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । कानुन नागरिकको जीवन बचाउन हुनुपर्नेमा अवरोधक बन्न नहुने उहाँको तर्क छ ।

Previous Post

पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’

Next Post

बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In