• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होशियारीपूर्वक संरक्षण गर्न राज्य र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यायले देशमा व्याप्त आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण, व्यवसायीहरूको खस्कँदो मनोबल र सरकारका निरन्तर नियन्त्रणमुखी निर्णयहरूका बीच वित्तीय प्रणालीमाथि अनावश्यक दबाब सिर्जना भइरहेको बताएका छन् । प्राकृतिक विपद् र बजार शिथिलताका कारण बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि यो समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजीको प्रवाह (क्यास फ्लो) गराउने चर्चा गर्दै उहाँले मुटुमै समस्या आए सिंगो अर्थतन्त्रको शरीर नै अचेत हुने चेतावनी दिएका छन् ।

उहाँले भने, ‘एउटा मुटुले जसरी शरीरमा रक्तसञ्चार प्रणालीलाई सञ्चालन गर्छ, अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका ठ्याक्कै त्यही हो । त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गरिनुपर्छ ।’

बैंकिङ प्रणाली भौतिक सम्पत्तिमा भन्दा पनि पूर्ण रूपमा निक्षेपकर्ताको ‘विश्वास’ (कन्फिडेन्स) मा आधारित भएर चल्ने विशिष्ट क्षेत्र भएको उहाँले स्मरण गराएका छन् । वित्तीय क्षेत्रको यही संवेदनशीलतालाई नजरअन्दाज गरेर बजारमा भ्रम छर्न नहुनेमा उहाँले जोड दिएका छन् ।

उपाध्यायले भने, ‘आज हामीले जतिसुकै राम्रो भने पनि, जस्तोसुकै नम्बर एक बैंक भए पनि यदि निक्षेपकर्ताको विश्वास गुम्यो र बचत फिर्ता लिन थालियो भने त्यो बैंक भोलि नै रित्तिन्छ र ढल्छ । बैंकिङ क्षेत्र पूर्णतया विश्वासमा टिकेको क्षेत्र भएकाले यसलाई कमजोर बनाउने खेल कसैले पनि खेल्नु हुँदैन ।’

पछिल्लो समय कतिपय राजनीतिक दलका नेताहरूबाट आउने गैरजिम्मेवार टिप्पणी, केही व्यवसायीहरूका आधारहीन आक्षेप र सञ्चारमाध्यममा आउने नकारात्मक चर्चाप्रति उहाँले गम्भीर चिन्ता व्यक्त गरेका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन र कानुनी निर्णयहरू गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उहाँको माग छ ।

लगानीमैत्री वातावरणका लागि ‘त्रासमुक्त अवस्था’ (एब्सेन्स अफ फियर) अनिवार्य हुने बताउँदै अध्यक्ष उपाध्यायले भने, ‘कन्फिडेन्स भनेको अचम्मको चिज हो । व्यवसायी र लगानीकर्ता उत्साहित भए भने केही नभएको ठाउँमा पनि शून्यबाट नयाँ बजार सिर्जना हुन्छ । तर, विश्वास र उत्साह गुम्दा सबैथोक भए पनि केही हुँदैन ।’

कानुनको व्यावहारिक कार्यान्वयन, नीतिगत स्थिरता, लगानीको प्रतिफल सुनिश्चितता र काम गर्ने सहजताले मात्र लगानीकर्तामा आशा जगाउने उहाँले स्पष्ट पारेका छन् ।

निजी क्षेत्रमा बैंकहरू खुलेपछि नै नेपालमा आर्थिक रूपान्तरण सम्भव भएको स्मरण गर्दै उहाँले अहिलेको मन्दीलाई पार लगाउन पनि निजी क्षेत्र र बैंकहरूबीचको हातेमालो आवश्यक रहेको बताएका छन् । हाल ३० देखि ४० लाख नेपाली युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको भन्दै उहाँले उनीहरूको पसिनाको सम्मान गर्दै देशभित्रै लगानी र उत्पादन बढाउने नीति लिनुपर्ने खाँचो औँल्याएका छन् ।

कार्यक्रममा अध्यक्ष उपाध्यायले बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ‘टर्मिनल इलनेस’ (उठ्नै नसक्ने असाध्य रोग) नभई ‘ज्वरो आएजस्तो’ मात्र भएको धारणा राखेका छन् । नेपाली अर्थतन्त्रमा कुनै संरचनात्मक क्षति नभएको दाबी गर्दै उहाँले सही नीतिगत मार्ग समातेर अघि बढेमा बैंकिङ प्रणाली छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, वित्तीय क्षेत्रको तत्काल सुधारका लागि सिबिफिनले विभिन्न नीतिगत गाँठो फुकाउनुपर्ने माग अघि सारेको छ । राष्ट्र बैंक ऐनमा सञ्चालकहरूको योग्यता, उमेर हद र सामान्य कमजोरीमा हुने कारबाहीको दायरा व्यावहारिक र स्पष्ट बनाउनुपर्ने उपाध्यायले बताएका छन् । सानोतिनो त्रुटिमै अयोग्यताको डन्डा लाग्ने डरले वित्तीय क्षेत्रको नेतृत्वले आत्मविश्वासका साथ निर्णय लिन नसकेको उहाँको भनाइ छ ।

त्यस्तै, अर्थतन्त्रको मन्दीका कारण कर्जा जोखिम बढेको अवस्थामा ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) मा लाग्ने करको अतिरिक्त भार हटाउन उहाँले माग गरेका छन् । यस्तो करको अन्तिम भार बैंकलाई मात्र नभएर जनताकै पैसामा पर्ने भएकाले नीति निर्माताहरू गम्भीर हुनुपर्ने उहाँले बताएका छन् ।

बैंकहरूमा थुप्रिँदै गएको गैर–बैंकिङ तथा खराब सम्पत्ति (डिस्ट्रेस्ड एसेट) व्यवस्थापन गर्न घोषित ‘एसेट म्यानेजमेन्ट कम्पनी’को स्थापना प्रक्रिया पुस मसान्तभित्रै टुंगोमा पुर्‍याउन उहाँले सरकारसँग आग्रह गरेका छन् ।

हालैको बाढीपहिरोले बैंकका ऋणीहरूको व्यवसाय र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको भन्दै अध्यक्ष उपाध्यायले उनीहरूको कर्जा भुक्तानीमा ठूलो समस्या आउने बताएका छन् । यद्यपि, निक्षेपकर्ताको रकम शतप्रतिशत सुरक्षित रहेको आश्वस्त पार्दै उहाँले प्रभावित ऋणीहरूलाई राहत दिन राष्ट्र बैंक र बैंकहरू मिलेर कर्जा पुनर्संरचनामार्फत तत्काल निकास दिनुपर्ने धारणा राखेका छन् ।

नेपालको अर्थतन्त्रमा अथाह सम्भावना रहेको भन्दै अध्यक्ष उपाध्यायले नियन्त्रणमुखी सोच त्यागेर सबै मिलेर विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् ।

 

Previous Post

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

Next Post

बैंकिङ क्षेत्रको समस्या ‘टर्मिनल इलनेस’ होइन, ज्वरो मात्रै होः सिबिफिन महासचिव गोयल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In