• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, September 29, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद खम्बबहादुर खातीले वर्तमान सरकारको कार्यशैली र सुशासनको नाराप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खातीले भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि गठित संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद खातीले सरकार परिवर्तन हुनुलाई सामान्य राजनीतिक प्रक्रियाका रूपमा लिए पनि त्यसले जनताको दैनिक जीवनमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनको अभाव खड्किएको बताए ।

उनले सुशासनलाई आजको राजनीतिको सबैभन्दा लोकप्रिय शब्द भन्दै तर त्यो भाषणमा मात्र सीमित रहेको आरोप लगाए । नागरिकहरू सरकारी कार्यालयमा सेवा लिन जाँदा अझै पनि पहुँच र चिनजान खोज्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले सुशासनको अनुभूति जनताले गर्न नपाएको जिकिर गरे ।

उनले भने, ‘सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, नारा फेरिन्छन् तर समस्या उही रहन्छ । जनताले पटक–पटक प्रश्न गरिरहेका छन्, के सरकार फेरिएको हो कि केवल कुर्सीमा बस्ने मानिस मात्र फेरिएका हुन् ? विपक्षमा हुँदा भ्रष्टाचारको विरोध गर्ने, सत्तामा पुगेपछि समिति र आयोग बनाउने, अनि प्रतिवेदन सार्वजनिक गर्न डराउने प्रवृत्तिले लोकतन्त्रमाथि प्रश्न उठाएको छ ।’

उनले राज्यका संस्थाहरूलाई बलियो नबनाई गरिने यस्ता घोषणाले कुनै ठोस परिणाम नदिने चेतावनी दिए । उनले सामाजिक सञ्जाल र सूचना प्रविधिले राजनीतिमा ल्याएको बदलावबारे टिप्पणी गर्दै राज्यका संयन्त्रहरू सत्य–तथ्य सूचना प्रवाह गर्न असफल भइरहेको बताए ।

 

Previous Post

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठन र नयाँ सदस्य मनोनयनबारे छलफल

Next Post

प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायता विधेयक’ पेश

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In