• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

युद्धको चपेटामा गाजाको कृषिः तीन वर्षमा ९७ प्रतिशत जमिन उत्पादनविहीन

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
युद्धको चपेटामा गाजाको कृषिः तीन वर्षमा ९७ प्रतिशत जमिन उत्पादनविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्यालेस्टाइन र इजरायलबीच तीन वर्षदेखि जारी द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र पूर्ण रूपमा धराशायी बनेको छ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदनअनुसार गाजाको कुल कृषियोग्य जमिनमध्ये हाल केवल ३ प्रतिशत हिस्सा मात्र उत्पादनका लागि सुरक्षित र पहुँचयोग्य रहेको छ।

युद्धपूर्व गाजाको अर्थतन्त्रको करिब १० प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र अहिले आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ। युद्ध सुरु हुनुअघि गाजा १५ हजार २ सय हेक्टर जमिनमा तरकारी र ७ हजार ७ सय हेक्टरमा विभिन्न रुखजन्य बाली लगाउँदै आत्मनिर्भरताको बाटोमा थियो।

तर द्वन्द्वको तीन वर्षमा उक्त कृषि भूमि खुम्चिएर ४ सय ४८ हेक्टरमा सीमित भएको छ। कृषि विज्ञ मोहम्मद अबु शमालाका अनुसार आधारभूत कृषि सामग्री, पानी, बिजुली र इन्धनको चर्को अभावले यो क्षेत्र थप संकटमा परेको हो।

सैन्य नियन्त्रण र ‘येलो लाइन’ भनिने सैन्य सीमा रेखाका कारण किसानहरूले आफ्नो पुर्ख्यौली जग्गामा जानसमेत पाएका छैनन्। सुरक्षा जोखिम र कृषि रसायनको अभावमा उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको स्थानीय किसान मोहम्मद हसौनाले बताएका छन्।

यो द्वन्द्वले कृषिमा निर्भर करिब ५ लाख ६० हजारभन्दा बढी मानिसको जीविकोपार्जन खोसेको छ। हमास प्रशासनले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा ३ अर्ब ४९ करोड अमेरिकी डलर बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ।

जग्गाको पहुँच गुम्नु र दैनिक रूपमा हुने गोलाबारीले गाजाको खाद्य सुरक्षा व्यवस्था आगामी वर्षहरूका लागि समेत अनिश्चित बनेको छ।

 

Tags: farmersgazawar
Previous Post

कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

Next Post

दिल्ली नजिकै गुडिरहेको बसमा आगलागीः ९ यात्रुको मृत्यु

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In