• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, September 29, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

यूएन महासभामा फरक शैलीमा देखिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
यूएन महासभामा फरक शैलीमा देखिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट हिमाली मुलुकले भोगिरहेको असरबारे धारणा राखेका छन्। प्रधानमन्त्रीको सम्बोधनका क्रममा उनका प्रमुख सल्लाहकार कुमार बेन पनि महासभा हलमा उपस्थित थिए।

काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दादेखि नै शाहसँग नजिक रहेर सल्लाह दिँदै आएका बेन यसपटक भने फरक पहिरनमा देखिए। सार्वजनिक कार्यक्रममा प्रायः चेक सर्ट र ज्याकेटमा देखिने उनी महासभामा भने औपचारिक पोसाकमा उपस्थित भएका थिए।

न्युयोर्कतर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलमा पनि बेन आफ्नै नियमित शैलीको पहिरनमा देखिएका थिए। तर संयुक्त राष्ट्रसंघको औपचारिक कार्यक्रममा उनी सेतो सर्ट, टाइ र कोट लगाएर उपस्थित भए।

उनले कोटमा सिलाम साक्मा पनि लगाएका थिए। प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गरिरहँदा बेन दर्शकदीर्घाबाट ध्यानपूर्वक सम्बोधन सुनिरहेको अवस्थामा देखिन्थे।

बेनको सार्वजनिक उपस्थितिमा देखिने पहिरनले यसअघि पनि कहिलेकाहीँ चर्चा पाउँदै आएको छ। महासभामा उनको औपचारिक पोसाकमा देखिएको तस्बिर तथा उपस्थितिलाई लिएर यसपटक पनि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्।

यसैबीच प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा नेपालले न्यून मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर प्रभाव भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका छन्। हिमालय क्षेत्रको संरक्षण, जलवायु न्याय तथा प्रभावित मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा उनले जोड दिएका थिए।

Previous Post

भारी वर्षापछि कर्णालीमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक

Next Post

भारतसँग नेपालको सम्बन्ध बलियो रहेको परराष्ट्रमन्त्री खनालको भनाइ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In