• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, September 29, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

भारतसँग नेपालको सम्बन्ध बलियो रहेको परराष्ट्रमन्त्री खनालको भनाइ

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
भारतसँग नेपालको सम्बन्ध बलियो रहेको परराष्ट्रमन्त्री खनालको भनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सम्बन्ध अहिले सकारात्मक र सुदृढ अवस्थामा रहेको बताएका छन्। न्युयोर्कमा आयोजित एसिया सोसाइटीको कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सम्बन्ध राजनीतिक विषयमा मात्र सीमित नभई व्यापार, ऊर्जा, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत फैलिएको बताए।

नेपालको वैदेशिक व्यापारमा भारतको ठूलो हिस्सा रहेको उल्लेख गर्दै खनालले दुई देशबीचको जनस्तरको सम्बन्ध पनि लामो समयदेखि कायम रहेको बताए। उनका अनुसार नेपाल–भारत सम्बन्धका विभिन्न आयामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको जानकारी दिँदै खनालले उक्त भेटमा द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा छलफल भएको बताए। विकास साझेदारी तथा ऊर्जा क्षेत्रमा भइरहेका सहकार्यको प्रगतिबारे पनि कुराकानी भएको उनको भनाइ छ।

विदेश नीति व्यवहारिक सहकार्यतर्फ

भारत र चीनसँग सम्बन्ध व्यवस्थापन गर्ने नेपालको नीतिबारे सोधिएको प्रश्नमा खनालले नेपालको विदेश नीति व्यवहारिक सहकार्य र आर्थिक अवसरलाई केन्द्रमा राखेर अघि बढाउन खोजिएको बताए।

छिमेकी मुलुकसँग केही विषयमा मतभिन्नता वा सीमा विवाद हुन सक्ने भए पनि त्यस्ता विषयसँगै सहकार्य गर्न सकिने क्षेत्र पहिचान गर्नु आवश्यक रहेको उनको धारणा छ।

उनले भारतसँग भइरहेको ऊर्जा सहकार्यलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे। नेपालको जलविद्युत् उत्पादन र भारतसँगको ऊर्जा व्यापारलाई आर्थिक विकाससँग जोडेर अघि बढाउन सकिने उनको भनाइ थियो।

ऊर्जा र व्यापारलाई प्राथमिकता

खनालका अनुसार नेपालको अर्थतन्त्रमा आयातको निर्भरता उच्च रहेकाले व्यापार विस्तार र ऊर्जा क्षेत्रको विकास महत्वपूर्ण छन्। नेपालको जलविद्युत् क्षमतालाई प्रभावकारी रूपमा प्रयोग गर्न सके आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने उनले बताए।

नेपालसँग ठूलो जलविद्युत् सम्भावना रहेको उल्लेख गर्दै उनले आगामी वर्षहरूमा उत्पादन बढाउने योजनाबारे पनि जानकारी दिए। उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावनालाई उनले क्षेत्रीय ऊर्जा सहकार्यको अवसरका रूपमा व्याख्या गरेका छन्।

नेपाल–भारतबीच रहेको लामो खुला सीमालाई समेत आर्थिक गतिविधि विस्तारका लागि उपयोग गर्न सकिने खनालको भनाइ छ।

भारत र चीनबीच मात्र सीमित छैन नेपालको आर्थिक सम्भावना

नेपाललाई भारत र चीनको बीचमा रहेको भूपरिवेष्ठित मुलुकका रूपमा मात्र हेर्न नहुने खनालले बताए। दुई ठूला छिमेकीसँगको भौगोलिक अवस्थालाई आर्थिक अवसरमा बदल्न सकिने उनको धारणा छ।

उनका अनुसार नेपालले भारतसँग मात्र नभई चीनसँग पनि व्यापार र आर्थिक सहकार्यलाई प्राथमिकता दिन खोजिरहेको छ। उत्तर र दक्षिणतर्फका पूर्वाधार तथा सम्पर्क सञ्जाललाई एकअर्काको प्रतिस्पर्धीभन्दा पनि परस्पर जोडिने माध्यमका रूपमा विकास गर्नुपर्ने उनले बताए।

यसबाट नेपाललाई परम्परागत रूपमा रहेको ‘भूपरिवेष्ठित अर्थतन्त्र’को सीमाबाट बाहिर निकालेर दुई ठूला बजारसँग जोडिएको आर्थिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको खनालको भनाइ छ।

परराष्ट्रमन्त्री खनालले नेपालको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा मात्र नभई व्यापार, ऊर्जा र क्षेत्रीय सम्पर्क विस्तारका लागि अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

यूएन महासभामा फरक शैलीमा देखिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन

Next Post

फार्मेसीको प्रमाणपत्र भाडामा दिने प्रवृत्ति रोकिएन, नियमनमा देखियो चुनौती

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In