• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताएका हुन् । उनले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गरे ।

उनले तीन तहका सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका कामसमेत प्रभावित हुने गरेको बताए । संघीय शासन प्रणालीमा यसरी तीन तहका सरकारबीच समन्वय नहुँदा ठीक ढंगले राज्य सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

उनले जिम्मेवारीमा रहेका व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको बताए । उनले वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताए ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको विषयमा समेत आफू गम्भीर रहेको उनको भनाइ छ ।

मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको बताए । उनले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांकसमेत प्रदेश सरकारसँग नरहेको उल्लेख गरे । कानुनी जटिलता र संघीय सरकारसँगको समन्वयको अभावका कारण तथ्यांक संकलनमा समस्या भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले खासगरी संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त मात्रामा समन्वय हुन सकेको छैन भन्ने आभास हुन्छ । मैले काम गर्दाखेरी उद्योग, पर्यटन र यातायातको क्षेत्रमा कतै संघ सरकारसँग द्वन्द्व, कतै प्रदेश र कतै स्थानीय सरकारसँग द्वन्द्व भएको जस्तो लाग्छ । यसरी राष्ट्र चल्दैन जस्तो लाग्छ । किनभने अहिले संघीयता लागू भएको ९ वर्ष पुग्न लागिसक्यो । यदि ९ वर्षसम्म पनि हामीले काम गर्ने तरिकालाई सुधार्न सक्दैनौँ भने अब अरू कति वर्ष लिने ? मलाई यो विषयमा पीडा हुन्छ । यसको जिम्मेवारी म आफैँले लिनुपर्छ जस्तो पनि लाग्छ । किनभने अहिले मैले जिम्मेवारी लिएको छु, मैले गर्न सक्दिनँ भनेर मैले सुख पाउने पाउँदिनँ । त्यसकारण हामी वागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि खटेका छौँ । यातायात मन्त्रालयका सचिवज्यूले पनि धेरै गर्नुभएको छ । सवारीको लाइसेन्स बनाउने तथा नवीकरण गर्ने, ब्लुबुकहरू नवीकरण गर्ने सफ्टवेयरमा केही समस्या आएको छ । त्यसकारण सेवाग्राहीलाई सेवा दिन सक्ने अवस्थामा छैनौँ । यसको समाधानका लागि हामी खटिरहेका छौँ । उद्योग क्षेत्रमा पनि समन्वय छैन । अस्ति बाढीमा कति जनाको मृत्यु भयो ? पर्यटक तथा व्यवसायी कतिको मृत्यु भएको भन्ने कुराको तथ्यांक हामीसँग छैन । कानुनी अड्चन र संघीय सरकारसँगको समन्वयको अभावले अहिले हामी त्यो तथ्यांक संकलन गर्ने अवस्थामा छैनौँ ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

Previous Post

काठमाडौँको मौसममा सुधार, वर्षा घटेपछि खुलेको आकाश

Next Post

कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In