• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ।

फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको छ। यसले लामो समयदेखिको व्यावसायिक शून्यता अन्त्य हुने अपेक्षा जगाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। विगतमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण उक्त सेवा निरन्तर हुन सकेन। जसका कारण विमानस्थलको पूर्ण उपयोगमाथि प्रश्न उठ्दै आएको थियो।

यद्यपि, पछिल्लो समय फ्लाई दुबईको जहाज अवतरणले पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याउनेछ। उनले उडान नियमित हुनु नै पोखराको पर्यटनको मेरुदण्ड भएको बताए।

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यसहित निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको जहाज अवतरण गरेसँगै स्थानीय व्यवसायी तथा नागरिकमा उत्साह छाएको छ। भुजेलले फ्लाई दुबईको आगमनले पोखराको पर्यटन विकासमा नयाँ कोशेढुंगा सावित भएको प्रतिक्रिया दिए।

उनका अनुसार फ्लाई दुबई विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय सहरसँग जोडिएको एयरलाइन्स भएकाले यसले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने बलियो आधार खडा गरेको छ। यो उडान पोखरा र गण्डकी प्रदेशका लागि मात्र नभई सातवटै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण हुने भुजेलले बताए।

यद्यपि, अन्तर्राष्ट्रिय उडान सुरु हुनु जत्तिकै यसको निरन्तरता र दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको व्यवसायीहरूको बुझाइ छ। अध्यक्ष भुजेलले अन्तर्राष्ट्रिय उडानलाई सफल र नियमित बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसहित राजनीतिक दल, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको औँल्याए। उडानको दिगोपन सुनिश्चित गर्न सके यसले नेपालको उड्डयन र पर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको उनले बताए।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा आधारित प्रवर्द्धनात्मक अभियानको खाँचो औँल्याए। उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर छरिएर रहेका नेपाली तथा सरोकारवालाहरूले कम्तीमा तीन महिना हातेमालो गर्नुपर्ने पोखरेलले बताए। अन्तर्राष्ट्रिय उडानले पर्यटकको बसाइ लम्ब्याउन र आगमन बढाउन प्रत्यक्ष योगदान पुर्‍याउने उल्लेख गर्दै उनले पोखराबाटै यात्रा गर्न सबैमा अपिल गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्र, सञ्चारमाध्यम तथा विश्वभर रहेका नेपाली समुदायको साझा प्रयास आवश्यक रहेको उनले बताए। उनका अनुसार पोखरामा सिधै अवतरण गर्ने वातावरण बनेमा पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुनेछ।

उडानको प्रभावबारे चर्चा गर्दै पोखरेलले पोखरा मन पराउने अन्तर्राष्ट्रिय पाहुनाहरू सिधै यहाँ आउँदा उनीहरूको बसाइ लम्बिने र बाह्य पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढ्ने बताए। विदेश जाने स्वदेशी यात्रुले समेत दुई दिन पोखरा घुमेर यहीँबाट उडान भर्न सक्ने भएकाले आन्तरिक पर्यटनमा समेत तत्काल सकारात्मक प्रभाव देखिने उनको भनाइ थियो।

उनले फ्लाई दुबई वा अन्य अन्तर्राष्ट्रिय उडानमार्फत यात्रा गर्नु केवल उडान भर्नु मात्र नभई पोखराको समग्र समृद्धिमा समेत योगदान पुर्‍याउने विषय भएको बताए।

पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित उडान सुरु भएमा होटल, यातायात र समग्र पर्यटन व्यवसायले नयाँ जीवन पाउने विश्वास व्यक्त गरे। लामो समयदेखिको प्रतीक्षापछि पोखरामा सुरु भएको फ्लाई दुबईको उडानले पश्चिमाञ्चल क्षेत्रको समृद्धिको ढोका खोलेको उनले बताए।

पर्यटन व्यवसायी भट्टराईका अनुसार दुबई विश्वकै एक प्रमुख ट्रान्जिट हब भएकाले यो उडानमार्फत पोखरा सिधै विश्वका २४० भन्दा बढी सहरसँग जोडिएको छ। पछिल्लो समय विमानस्थलको धावनमार्ग र क्षमताका विषयमा फैलिएका आशंकालाई समेत यस उडानले चिर्ने उनले बताए।

भट्टराईले आजको उडानले विमानस्थलको क्षमतासम्बन्धी जिज्ञासाको जवाफ दिएको बताउँदै फुल लोडमा जहाज अवतरण र उडान हुनुले यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक उडानका लागि सक्षम रहेको प्रमाणित भएको बताए।

दसैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्वको मुखैमा सुरु भएको यो उडानले यात्रुको चापलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ। काठमाडौंको तुलनामा पोखराबाट पाँच हजार रुपैयाँ सस्तो दरमा उडान सुविधा उपलब्ध गराइनुले पनि यसको लोकप्रियता बढ्ने देखिएको छ।

भट्टराईका अनुसार यो उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य भइरहेको थियो। अबका दिनमा श्रम स्वीकृतिलगायतका प्राविधिक प्रक्रियाहरू पोखराबाटै सहज बनाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए।

यो सुरुवातसँगै एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि पोखरामा उडानको तयारी थालेको दाबी गरिएको छ।

सरोकारवालाहरूका अनुसार अबको मुख्य चुनौती भनेको उडानलाई केवल चार्टर्डमा मात्र सीमित नराखी नियमित व्यावसायिक तालिकामा कसरी लैजाने भन्ने हो।

Previous Post

चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

Next Post

चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनामा रञ्जु दर्शनाको प्रश्न : पक्राउमा विधि र प्रमाण आवश्यक

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In