• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि भंगहा नगरपालिकामा मेयरद्वारा तालाबन्दी

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि भंगहा नगरपालिकामा मेयरद्वारा तालाबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा उपस्थित नभएको भन्दै भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नगरपालिका कार्यालयसहित सबै ९ वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित हुँदै आएको मेयर साहको भनाइ छ। समस्या समाधानका लागि पटक-पटक सम्बन्धित मन्त्रालयमा पुगेर जानकारी गराए पनि सुनुवाइ नभएपछि आफू तालाबन्दी गर्न बाध्य भएको उनले बताएका छन्।

स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी तोकेको थियो। मन्त्रालयबाट पदस्थापनसम्बन्धी पत्र आए पनि लामो समय बितिसक्दा भुसाल कार्यालयमा हाजिर नभएको साहले बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण नगरपालिकाको नियमित कामकाज सञ्चालनमा समस्या आएको उनको दाबी छ। कर्मचारी तथा जनप्रतिनिधिको तलब-भत्ता व्यवस्थापन, विकास निर्माणका योजना अघि बढाउनेदेखि दैनिक प्रशासनिक सेवा प्रवाहसम्म प्रभावित भएको उनले बताएका छन्।

यसअघि मेयर साहले प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र कार्यालयमा उपस्थित नभए अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य काम रोक्ने चेतावनी दिएका थिए। तोकिएको समयसीमामा पनि समस्या समाधान नभएपछि सोमबार नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न उनी पटक-पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए। मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा समस्या राख्ने प्रयास गरे पनि भेट हुन नसकेको र स्वकीय सचिवमार्फत पनि समस्या समाधानका लागि पहल गर्दा अपेक्षित सुनुवाइ नभएको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विशेषगरी चाडपर्व नजिकिँदै गर्दा कर्मचारीको पारिश्रमिक व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भएको मेयर साहले बताएका छन्। दसैँअघि कर्मचारीलाई तलब उपलब्ध गराउन नसक्ने अवस्था आउन सक्ने उनको गुनासो छ।

तालाबन्दीपछि मेयर साहले कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। नगरपालिकाले सम्बन्धित मन्त्रालयसँग तत्काल प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराई प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह पुनः सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ।

Previous Post

रास्वपा सदस्यको संवेदनशील डेटा डार्क वेबमा बिक्री भएको दाबी, ६८० डलरसम्म मूल्य

Next Post

सांसद राईको प्रश्न : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अझै किन भएन ?

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In