• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सांसद राईको प्रश्न : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अझै किन भएन ?

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
सांसद राईको प्रश्न : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अझै किन भएन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अझै सञ्चालन हुन नसकेको विषय प्रतिनिधिसभामा उठाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि पहिले नै मिति तोकिए पनि निर्धारित समयमा कार्यक्रम हुन नसकेको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग यसबारे स्पष्ट जानकारी मागेका हुन्।

राईका अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय गरिएको थियो। तर तोकिएको मिति बितेको लामो समय भइसक्दा पनि कार्यक्रम आयोजना नभएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

उनले लामो समयदेखि रोकिएको प्रश्नोत्तर कार्यक्रम अब कहिले सञ्चालन हुने हो भन्ने विषयमा संसद्ले स्पष्ट जानकारी पाउनुपर्ने बताए। राईले सरकारलाई संसद् र सांसदहरूप्रति गम्भीर भएर काम गर्नसमेत आग्रह गरे।

बैठकमा राईले पछिल्लो समय देखिएको पक्राउ तथा त्यसपछि हुने रिहाइको प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले कुनै व्यक्तिलाई नियन्त्रणमा लिनुअघि सम्बन्धित घटनाको गम्भीरता र कानुनी आधारलाई पर्याप्त रूपमा विचार गर्नुपर्ने धारणा राखे।

उनका अनुसार एकातर्फ गम्भीर घटनाका नाममा पक्राउ गर्ने र त्यसको भोलिपल्टै रिहा गर्ने प्रवृत्तिले सरकारी कार्यशैलीमाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ। उनले यस्तो प्रक्रियाले राज्यका निकायको कार्यसम्पादनप्रति नागरिकमा समेत प्रश्न उत्पन्न हुन सक्ने बताए।

राईले आफूहरू प्रतिपक्षमा रहे पनि राष्ट्रिय महत्वका विषय र विकास निर्माणका सवालमा सरकारलाई आवश्यक सहयोग गर्दै आएको उल्लेख गरे। तर सरकारका कतिपय निर्णय र कार्यशैलीका कारण प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्नसमेत कठिन भइरहेको उनको भनाइ थियो।

उनले सरकारले आफ्नो कार्यशैली सुधार गर्दै संसद्, सांसद र राष्ट्रिय मुद्दाप्रति थप जवाफदेही बन्नुपर्नेमा जोड दिए।

Previous Post

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि भंगहा नगरपालिकामा मेयरद्वारा तालाबन्दी

Next Post

सुनको मूल्यमा ५ हजार रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In