काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन अर्थात् आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८ सय ६७ रुपैयाँ तोकिएको छ। आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ९ सय ९० रुपैयाँ ५० पैसा रहेको थियो।
यससँगै सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ।
