• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

चोलेन्द्रलाई सुरक्षा नियन्त्रणमा लिएको भन्दै नेपाल बारको आपत्ति

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
चोलेन्द्र परिवारको जिम्मामा, प्रहरी कार्यालयबाट छुटे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिमको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति असन्तुष्टि जनाएको छ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्याप्त कानुनी आधार र कारणबिना कुनै पनि नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानुनी शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उल्लेख गरिएको छ।

बारले असोज १० गते मध्यरातमा जबरालाई सुरक्षा नियन्त्रणमा लिइएको घटनालाई शंकास्पद भएको बताएको छ। घटनाका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेट गर्न नदिइएको विषयले थप प्रश्न उठाएको बारको भनाइ छ।

नेपाल बारले राज्यका निकायले अधिकार प्रयोग गर्दा कानुनी प्रक्रिया र प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिएको छ। आधार, कारण र प्रमाणबिना नागरिकलाई पक्राउ वा नियन्त्रणमा लिने गतिविधि नगर्न सम्बन्धित सरकारी निकायलाई उसले सचेत गराएको छ।

विज्ञप्तिमार्फत बारले सरकारको कार्यशैलीप्रति समेत आलोचना गरेको छ। सरकार स्वेच्छाचारी तथा अनुदार बन्दै गएको आरोप लगाउँदै विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने कुनै पनि गतिविधिको आफूहरूले विरोध गर्ने जनाएको छ।

न्यायपालिकाभित्र देखिने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आफूहरू निरन्तर न्यायिक सुशासनको पक्षमा उभिँदै आएको बारले उल्लेख गरेको छ। न्यायपालिका स्वतन्त्र, निष्पक्ष र भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिँदै बारले न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामाथि सरकार, राजनीतिक नेतृत्व वा पूर्वन्यायिक पदाधिकारीबाट हुने हस्तक्षेपको प्रतिवाद गर्ने जनाएको छ।

यसैगरी, अदालतमा विचाराधीन मुद्दामा सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप नगर्न बारले आग्रह गरेको छ। विचाराधीन मुद्दासँग सम्बन्धित विषयमा चासो, छलफल वा प्रभाव पार्ने गतिविधि नगरी प्रचलित कानुन तथा आचारसंहिताको पालना गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

नेपाल बारले संवैधानिक इजलास गठन गर्दा वरिष्ठताको आधार वा गोलाप्रथाबाट गठन गर्ने व्यवस्था तत्काल लागू गर्न प्रधानन्यायाधीशसमक्ष पुनः माग गरेको छ।

न्यायपालिकाको शुद्धता, स्वच्छता र संस्थागत सुधारका लागि अघि बढाइने सकारात्मक कदममा आफ्नो सहयोग रहने प्रतिबद्धतासमेत नेपाल बारले जनाएको छ।

Previous Post

भोटेकोशी–त्रिशूली विपद्पछि बनेको संसदीय समिति अझै निष्क्रिय

Next Post

नेकपा प्रमुख सचेतक दुलालको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In