• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

रास्वपा सांसद कठरियाको प्रश्नः ‘अन्नदाता’लाई सरकारको राहत कहिले ?

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
रास्वपा सांसद कठरियाको प्रश्नः ‘अन्नदाता’लाई सरकारको राहत कहिले ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव तथा हालैको बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत तथा व्यवस्थापनको माग गरेकी हुन्।

सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चितप्रायः रहेको र अर्कोतर्फ अविरल वर्षाका कारण खेतमै बाली नष्ट भएपछि किसान थप संकटमा परेको उनले बताइन्।

किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्नसमेत कठिनाइ भइरहेको उनले सदनमा बताइन्।

खाद्य संस्थानमा हप्तौँसम्म लाइन बस्दा समेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ थियो।

सरकारको उदासीनताले किसानको मनोबल गिराएको भन्दै उनले समयमै मल उपलब्ध गराउन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउन आवश्यक रहेको बताइन्।

उनले स्थानीय तहसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन तथा किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन्।

Previous Post

नागरिक पक्राउ शैलीप्रति संसदमा प्रश्नः ‘सुशासन कि निरंकुशता ?’

Next Post

डीआईजी थपलियाको भनाइ : चोलेन्द्रको सुरक्षा मागसम्बन्धी निवेदन प्रहरीलाई प्राप्त भएको थियो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In