• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

डीआईजी थपलियाको भनाइ : चोलेन्द्रको सुरक्षा मागसम्बन्धी निवेदन प्रहरीलाई प्राप्त भएको थियो

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
डीआईजी थपलियाको भनाइ : चोलेन्द्रको सुरक्षा मागसम्बन्धी निवेदन प्रहरीलाई प्राप्त भएको थियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको सुरक्षाका लागि प्रहरीसमक्ष निवेदन दिएको पुष्टि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाले गरेका छन्।

जबराका तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयलाई सम्बोधन गर्दै निवास तथा परिवारका सदस्यको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको निवेदन सार्वजनिक भएको हो।

यसअघि सोही विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जबराको पत्र कार्यालयमा प्राप्त नभएको बताएका थिए। तर डीआईजी थपलियाले भने निवेदन कार्यालयमा आएको स्पष्ट पारेका छन्।

थपलियाका अनुसार निवेदन आइतबार सार्वजनिक बिदाको दिन कार्यालयमा प्राप्त भएको थियो। बिदाको दिन भएकाले कार्यालयका सबै कर्मचारीलाई पत्रबारे तत्काल जानकारी नभएको हुन सक्ने उनले बताएका छन्।

उनले शान्ति सुरक्षाको मागसहितको निवेदन प्राप्त भएपछि प्रहरीबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

सार्वजनिक भएको निवेदनमा पछिल्लो समय मुलुकको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका केही विषयका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ। सोही कारण निवास र परिवारका सदस्यको सुरक्षाका लागि प्रहरीसँग आवश्यक प्रबन्ध मिलाउन आग्रह गरिएको बताइएको छ।

यसैबीच, प्रहरीले ‘सुरक्षा थ्रेट’सम्बन्धी सूचना प्राप्त भएको भन्दै जबरालाई शनिबार मध्यरातमा नियन्त्रणमा लिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर आइतबार अपराह्न आफन्तको जिम्मा लगाएको थियो।

प्रहरीका अनुसार जबराको सुरक्षा मागसम्बन्धी निवेदन पनि उनी रिहा भएकै दिन प्राप्त भएको हो। घटनापछि जबराको सुरक्षासम्बन्धी निवेदन, त्यसमा उल्लेख गरिएको जोखिम र प्रहरीबाट गरिएको सुरक्षा व्यवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

Previous Post

रास्वपा सांसद कठरियाको प्रश्नः ‘अन्नदाता’लाई सरकारको राहत कहिले ?

Next Post

नारायणी नदीको जलस्तर घट्दै, बाढीको जोखिम कम हुँदै

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In