दसैं नजिकिएसँगै काठमाडौंको बजारमा छुट तथा अफरका प्रचारहरू बढेका छन् । यसपटक भने पसल अगाडि राखिने पोस्टर र ब्यानरभन्दा सामाजिक सञ्जालमार्फत गरिने प्रचार बढी प्रभावकारी बन्न थालेको व्यवसायीहरू बताउँछन् ।
टिकटक, फेसबुक र इन्स्टाग्राममा राखिएका छोटा भिडियोमार्फत व्यापारीहरूले आफ्ना उत्पादन, मूल्य र छुटका योजनाबारे ग्राहकलाई जानकारी दिन थालेका छन् । सामाजिक सञ्जालमा अफर देखेपछि त्यसकै आधारमा पसलमा पुग्ने ग्राहकको संख्या पनि बढेको व्यवसायीहरूको अनुभव छ ।
पहिले ग्राहकले बजारमै पुगेपछि मात्र कुन पसलमा कस्तो छुट छ भन्ने थाहा पाउने अवस्था थियो । अहिले भने घरमै बसेर मोबाइलमा विभिन्न पसलका अफर हेर्न सकिने भएकाले खरिद गर्नुअघि नै ग्राहकले बजारबारे जानकारी लिन थालेका छन् ।
व्यवसायीहरूले समेत डिजिटल प्लेटफर्मलाई बिक्री प्रवर्द्धनको माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । पुरानो बानेश्वरमा रहेको ‘आभ्या त्राफ्ट एन्ड एपरल्स’ ले दसैंलाई लक्षित गर्दै विभिन्न कपडामा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
पसलले महिला तथा बालबालिकाका पहिरनसहित कुर्ता–सुरुवाल, टप्स, को–अर्ड सेट र टिसर्टलगायतका सामग्रीमा छुट उपलब्ध गराएको छ । यी अफरहरूको प्रचार सामाजिक सञ्जालमार्फत पनि भइरहेको छ ।
पसलकी बिक्रेता कोपिला पुजाराका अनुसार सामाजिक सञ्जालमा राखिएका सामग्री हेरेर ग्राहकहरूले स्क्रिनसटसहित
