• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

थाइल्याण्डमा बाढीको वितण्डाः ८ को मृत्यु, १८ लाख प्रभावित

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
थाइल्याण्डमा बाढीको वितण्डाः ८ को मृत्यु, १८ लाख प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

थाइल्याण्डमा सेप्टेम्बर १६ देखि जारी अविरल वर्षा र त्यसपछिको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । विपद् व्यवस्थापन विभागका अनुसार पछिल्ला दिनहरूमा आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १८ लाख मानिस प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन तथा न्यूनीकरण विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बर १६ देखि २८ तारिखसम्म देशका ४२ वटा प्रान्त बाढीबाट प्रभावित बनेका छन् । हाल राजधानी बैंककसहित २८ वटा प्रान्तमा बाढीको प्रभाव अझै कायमै छ, जसले विशेषगरी उत्तरी, मध्य, पूर्वी र उत्तरपूर्वी क्षेत्रलाई नराम्ररी गाँजेको छ ।

राजधानी बैंककमा परेको भीषण वर्षाका कारण जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । राजधानीको अवस्थालाई मध्यनजर गर्दै बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले शनिबार पूरै राजधानीलाई बाढी प्रभावित क्षेत्र घोषणा गरेका थिए ।

केही दिनको अविरल वर्षापछि सहरका मुख्य भागहरूमा पानीको सतह घट्न थालेको भए तापनि बाहिरी जिल्लाहरूमा अझै पनि ठूलो मात्रामा पानी जमेको छ । सम्बन्धित अधिकारीहरूका अनुसार जमेको पानी पूर्णरूपमा निकास हुन कम्तीमा दुईदेखि तीन साता लाग्नसक्ने अनुमान गरिएको छ ।

सौभाग्यवश, हालसम्म बैंककभित्र बाढीका कारण कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढीबाट प्रभावित नागरिकहरूलाई राहत दिन र यातायात तथा कार्यालयको काममा हुने अवरोधलाई कम गर्न थाइल्याण्डको मन्त्रिपरिषद्ले सोमबार र मंगलबार राजधानी बैंकक र आसपासका तीन प्रान्तमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस अवधिमा सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।

Previous Post

जापानको कुमामोटो भूकम्पको दुई महिनाः अझै १५ सय बढी विस्थापित आश्रयस्थलमा

Next Post

टुँडिखेल सौन्दर्यीकरण अन्तिम चरणमा, हरियाली विस्तारलाई प्राथमिकता

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In