• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

सिरियाको बानियास टर्मिनलबाट इराकका लागि इन्धन ढुवानी शुरु

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
सिरियाको बानियास टर्मिनलबाट इराकका लागि इन्धन ढुवानी शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्षेत्रीय ऊर्जा सुरक्षामा चुनौती थपिएसँगै इराकका लागि आवश्यक पेट्रोलको ढुवानी सिरियाको बानियास तेल टर्मिनल हुँदै सुरु भएको छ । सिरियाली राज्य सञ्चालित समाचार एजेन्सी सानाका अनुसार तीनमहिने नवीकरणीय सम्झौताअन्तर्गत सिरियाले आफ्नो भू–भाग प्रयोग गरेर इराकलाई इन्धन आपूर्ति गर्न थालेको हो ।

सिरियाली पेट्रोलियम कम्पनीका उपकार्यकारी अध्यक्ष अहमद कब्बाजीका अनुसार बिहीबारदेखि सुरु भएको यो अभियानअन्तर्गत हाल ५७ वटा ट्यांकरमार्फत इन्धन ढुवानी भइरहेको छ । निकट भविष्यमै यो संख्या बढाएर दैनिक २०० ट्यांकर पुर्‍याउने र अल–तन्फ सीमा नाकाहुँदै इराक पुर्‍याउने योजना रहेको छ ।

कतारी कम्पनी युसीसीसँगको सम्झौताअनुसार यो ढुवानी प्रक्रिया अघि बढेको हो । यो आयोजनामा कतारी कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट पेट्रोल खरिद गर्ने र सिरियाले सो इन्धन आफ्नो बानियास टर्मिनलबाट इराकको सीमासम्म ढुवानी गरिदिने व्यवस्था छ । यसबापत सिरियाले पारवहन शुल्क प्राप्त गर्नेछ । हाल बानियास टर्मिनलमा आठवटा लोडिङ बे २४ सै घण्टा सञ्चालनमा छन्, जसले इन्धन ढुवानी कार्यलाई सहज बनाएको छ ।

सिरियाले केवल इन्धन ढुवानी मात्र नभई अरब ग्यास पाइपलाइनको मर्मत कार्यलाई पनि तीव्रता दिएको छ । करिब १५ दिनभित्र यो पाइपलाइन सिरिया–जोर्डन सीमा र लेबनानतर्फको शाखा जोड्न तयार हुने कब्बाजीले जानकारी दिएका छन् । यसले सिरियालाई क्षेत्रीय ऊर्जा कोरिडोरका रूपमा स्थापित गर्न थप मद्दत पुग्नेछ ।

वर्षौँ लामो द्वन्द्व र एक्लोपनाबाट गुज्रिएको सिरियाको अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरू देखिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२५ देखि सिरियाको अर्थतन्त्रले गति लिएको र सन् २०२६ मा १० प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुनसक्ने प्रक्षेपण गरेको छ । क्षेत्रीय अर्थतन्त्रमा पुनः जोडिन थालेको सिरियाका लागि यो पारवहन परियोजना रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ ।

Previous Post

शरद् ऋतुमा हिमाल आरोहणबाट २३ करोडभन्दा बढी राजस्व संकलन

Next Post

एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगमा, पूर्वप्रधानन्यायाधीश जबराको पक्राउबारे जवाफ माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In