• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बाढीपहिरोपछि विद्यालय र सामुदायिक भवन बने विस्थापितका अस्थायी आश्रयस्थल

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले घरमा बस्न नसक्ने अवस्था भएपछि विभिन्न जिल्लाका प्रभावित नागरिकलाई विद्यालय, आमा समूहका भवन तथा विपद् होल्डिङ सेन्टरमा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रबाट हालसम्म करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विपद्का घटनाबाट देशभर १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

सुस्तामा ६२५ विस्थापित विद्यालयमा

नवलपरासीको सुस्ता गाउँपालिका–५ मा बाढीका कारण ठूलो संख्यामा स्थानीय घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।

प्राधिकरणको विवरणअनुसार ६२५ जना विस्थापितलाई बीपी माध्यमिक विद्यालयमा राखिएको छ। थप ४५ जनाले विपद् होल्डिङ सेन्टरमा आश्रय लिएका छन् भने अन्य प्रभावित नागरिक आफन्तको घरमा बसेका छन्।

विस्थापित परिवारको व्यवस्थापनमा स्थानीय उद्योग वाणिज्य संघ र गाउँपालिकाले समन्वय गरिरहेका छन्। नेपाल रेडक्रसले प्रभावितका लागि त्रिपाल उपलब्ध गराएको छ।

तत्काल खाद्यान्न अभाव नरहे पनि सुस्तामा करिब ७० परिवारलाई दीर्घकालीन पुनर्वासको आवश्यकता रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।

म्याग्दीमा विद्यालय र आमा समूहका भवनमा आश्रय

म्याग्दीमा पहिरो र सडक तथा जमिन कटानको जोखिममा रहेका बस्तीबाट नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित परिवारका लागि विद्यालय तथा आमा समूहका भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–५ पौद्वारबाट उद्धार गरिएका ४० परिवारलाई विद्यालयमा राखिएको छ। त्यसैगरी मालिकामा सात, मंगलामा २२, रघुगंगामा ४५, अन्नपूर्णमा ४० र बेनीमा १० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

प्रदेश सरकारको सहयोगमा प्रभावित ४० परिवारलाई खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको छ। स्थानीयस्तरबाट समेत करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइएको छ।

थप ६५ जनाका लागि हेलिकप्टरमार्फत राहत सामग्री पठाउने व्यवस्था गरिएको जनाइएको छ।

बागलुङमा स्थानीय तहले खानाको व्यवस्था गर्दै

बागलुङका प्रभावित क्षेत्रमा ४६ जना विस्थापित नागरिक विद्यालय तथा आफन्तको घरमा बसिरहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

विस्थापितका लागि सम्बन्धित वडा कार्यालयबाट खानाको व्यवस्था मिलाइएको छ। सडक अवरुद्ध भएका कारण प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न, त्रिपाल र कम्बल पुर्‍याइएको छ।

थप आवश्यकताका लागि प्रदेश सरकारसँग ३०० थान त्रिपाल माग गरिएको छ।

२२७ घर पूर्ण रूपमा क्षतिग्रस्त

विपद्को पछिल्लो विवरणअनुसार देशभर २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ।

घरमा बस्न सक्ने अवस्था नरहेका परिवारका लागि विद्यालय, सामुदायिक भवन र अन्य सार्वजनिक संरचनालाई तत्कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्नुपरेको छ। राहत तथा पुनःस्थापनाको काम प्रभावित जिल्लामा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा अघि बढिरहेको छ।

Previous Post

हिमालय एअरलाइन्सले पुनः सुरु गर्‍यो काठमाडौँ–सांघाई सिधा उडान

Next Post

प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूत श्रीवास्तवसँग बिदाइ भेट

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In