काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिदाइ भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा आफ्नो कार्यकाल पूरा गरेका राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरे।
भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालमा आएको विपद्का समयमा भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए। विशेषगरी रसुवामा आएको बाढीका बेला भारतबाट प्राप्त सहयोगका लागि उनले धन्यवाद दिएका हुन्।
शाहले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत तथा विभिन्न क्षेत्रमा विस्तार गर्न राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे।
आफ्नो कार्यकाल पूरा गरेका राजदूत श्रीवास्तव केही दिनपछि नेपालबाट स्वदेश फर्किने तयारीमा छन्।
