• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अङ्ग नबनोस्’–सांसद दुलाल

रिजन खड्का by रिजन खड्का
१३ आश्विन २०८३, मंगलवार
A A
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अङ्ग नबनोस्’–सांसद दुलाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावउपरको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता र यसको कार्यक्षेत्रलाई लिएर प्रश्न उठाएका छन् ।

उनले विश्वविद्यालयहरूलाई छुट्टाछुट्टै विधेयकबाट सञ्चालन गर्ने परिपाटीले प्राज्ञिक क्षेत्रमा अन्योल सिर्जना गरेको बताएका छन् । दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको उद्देश्य र यसको व्यावहारिक सञ्चालन ढाँचाबारे संशय व्यक्त गरेका छन् ।

उनले विश्वविद्यालयले प्राज्ञिक स्वतन्त्रता गुमाए यो केवल एउटा साधारण महाविद्यालयमा सीमित हुने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन नसक्ने जिकिर गरेका छन् ।

उनले भने, ‘राष्ट्रिय सुरक्षा र सामरिक महत्वको विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने भनिए पनि यो विश्वविद्यालय कहीँकतै सैनिक मुख्यालयको एउटा अंग जस्तो त हुने होइन ? हामीले अझै पनि विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रले नेतृत्व गर्ने थलोका रूपमा विकास गर्न सकेका छैनौँ । यदि विश्वविद्यालयको स्वायत्तता सुनिश्चित हुँदैन भने यो भद्दा संरचनाले नयाँपन दिन सक्दैन ।’

दुलालले विश्वविद्यालयको नाममा ‘साँघुरो घेरा’ भित्र बसेर अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने भन्दै विधेयकलाई परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Previous Post

दीपक मनाङे कांग्रेसको संस्थापन इतर समूहमा

Next Post

हिमलुङ हिमपहिरोमा हराएकाको खोजी तत्कालका लागि रोकियो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In