• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home खेलकुद

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’

रिजन खड्का by रिजन खड्का
१३ आश्विन २०८३, मंगलवार
A A
एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२० औं एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधार गरे पनि पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ ।

टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको बताएका छन् ।

नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरको तीव्र प्रतिस्पर्धासँग जुध्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

उनले भने, ‘हामीले ओलम्पिक वाइल्ड कार्डका लागि आवश्यक स्कोर प्राप्त गरेका छौँ, यो सकारात्मक पक्ष हो । तर, अन्य राष्ट्रका खेलाडीहरू युवा पुस्ता र आधुनिक प्रविधिसँगै धेरै माथि उक्लिसकेका छन् । हामीले आफ्नो स्तर त सुधारेका छौँ, तर विश्वस्तरसँगको खाडल अझै फराकिलो छ ।’

खेलाडी तिलक पुन मगरले व्यक्तिगत स्पर्धामा आफ्नो प्रदर्शनमा सुधार आए पनि अन्तिम नतिजा सोचेजस्तो नभएको बताएका छन् ।

उनले भने, ‘मेरो लक्ष्य ओलम्पिक क्वालिफाइङ स्कोर पुर्‍याउनु थियो, जुन पूरा भयो । तर अन्य प्रतिस्पर्धीहरूको स्तर यति धेरै माथि पुग्ला भन्ने सोचेको थिइनँ । विगतमा यही स्कोरले टप ३० मा स्थान बनाउँथ्यो, तर अहिले स्तर यति बढेको छ कि र्‍याङ्किङ खस्कियो । कतारका खेलाडीसँगको हारले निकै दुःखी तुल्याएको छ ।’

अर्का खेलाडी ज्ञानु अवालेका अनुसार प्रतिकूल मौसम र अनुभवको कमी नै टोलीको मुख्य कमजोरी रह्यो ।

उनले भने, ‘नेपालमा पानी पर्दा खेल्ने हाम्रो अभ्यास नै थिएन, जबकि यहाँ सुरुदेखि नै वर्षा भइरह्यो । पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भयो ।’

अवालेका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न खेलाडीहरूलाई नियमित विदेशी एक्सपोजर र विशेष तालिमको तत्काल खाँचो छ ।

Previous Post

वीरगञ्जका तीन वडामा चार वर्षदेखि रोकिएको पानी निकास सञ्चालनमा

Next Post

समुद्री कटानबाट टापु जोगाउन कृत्रिम चट्टान, कोरल र समुद्री घाँस प्रयोग

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In