• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकार ६ महिनामा पूर्ण असफल, सुशासन र विकासका वाचा नारामै सिमितः एमाले सांसद बराल

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
सरकार ६ महिनामा पूर्ण असफल, सुशासन र विकासका वाचा नारामै सिमितः एमाले सांसद बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम गर्न सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।

मंगलवार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताएका छन्।

सांसद बरालले सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न नसकेको भन्दै विभिन्न सूचकमा सरकार चुकेको आरोप लगाए। उनले सुकुम्बासी समस्या समाधान, सार्वजनिक संस्थानमा भएका विवादित नियुक्ति र पारदर्शिताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गरे। ‘जान्नेलाई छान्ने’ भन्दै सत्तामा आएको सरकारले आफ्ना मान्छे भर्ती गर्ने उद्देश्यले संस्थानमा हस्तक्षेप गरेको उनको भनाइ छ।

आर्थिक क्षेत्रबारे चिन्ता व्यक्त गर्दै बरालले भने, ‘राजस्व संकलनमा गिरावट आएको छ, लगानीको वातावरण ठप्प छ र सेयर बजार ओरालो लागेको छ। सरकारले बजेट र मौद्रिक नीतिबाट अर्थतन्त्रलाई चलायमान बनाउन सकेन, जसका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको छ।’

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभाको भ्रमणबारे टिप्पणी गर्दै सांसद बरालले भ्रमणपछिको प्रस्तुति र एआई प्रविधिको प्रयोग गरी सार्वजनिक गरिएका नाटकीय तस्बिरहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुर्‍याएको दाबी गरे।

साथै, प्रधानमन्त्रीले महासभाको भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्नेमा बेवास्ता गरेको भन्दै उनले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए।

बरालले बजारमा व्याप्त महँगी, कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्न सरकारले पूर्ण असक्षमता देखाएको बताए। उनले सरकारका वाचा र व्यवहारमा ठूलो खाडल रहेको भन्दै ६ महिनाको समीक्षा गर्दा सुशासनका कुनै पनि सकारात्मक संकेत नदेखिएको जिकिर गरे।

 

Previous Post

गणेश पराजुली संसदीय विशेष समितिको सभापति बन्ने

Next Post

लुम्बिनीको औद्योगिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : भण्डारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In