• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

नेपालको पुँजी बजारमा बढ्दो आकर्षणः ८० लाख ९५ हजार डिम्याट खाता

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेश गरेका पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ।

बुधवार बसेको संघीय संसद्को अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष भट्टले दिएका तथ्यांकअनुसार हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो शेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ।

बजारमा प्राथमिक शेयरको प्रभुत्व कायमै रहेको छ। संगठित संस्थाहरूले संकलन गरेको पुँजीमध्ये साधारण शेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ। त्यसैगरी, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार शेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ।

बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

पुँजी बजारले राज्यको राजस्वमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको भट्टले बताएका छन्।

उनले भने, ‘धितोपत्र बजारको वर्तमान अवस्थाको विषयमा हेर्ने हो भने लगानीकर्ताको सहभागिताको हिसाबले अहिले आर्थिक वर्ष ८३/८४ मा असोज १३ गतेसम्म ८० लाख ९५ हजारको डिम्याट खाता पुगेको देखिन्छ। मेरो शेयर खाता हेर्ने हो भने ८३/८४ को असोज १३ सम्म उक्त खाता ५१ लाख २२ हजार पुगेको देखिन्छ। कारोबार खाता हेर्ने हो भने ८२/८३ को असार मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको देखिन्छ।

नेपालको धितोपत्र बजारमा धितोपत्र उपकरणहरूको रूपमा हामीसँग अहिले प्राथमिक बजारमा संगठित संस्थाले प्राथमिक बजारबाट सङ्कलन गरेको रकममा साधारण शेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत र अग्राधिकार शेयरको हिस्सा २.१७ प्रतिशत छ।

०८३/८४ को असोज मसान्तसम्म हामीले यो वर्षमा अघिल्लो वर्ष आ.व. ०८२/८३ मा असार मसान्तसम्म ५२ संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिएका छौँ भने अहिले ८३/८४ को असोज मसान्तसम्म हामीले चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरेका छौँ।

विशिष्टीकृत लगानी योजनाको स्वीकृति स्थिति हेर्ने हो भने हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरिएको छ।

धितोपत्रको दोस्रो बजारको स्थितिमा हेर्ने हो भने नेपाल स्टक एक्सचेन्जमा पछिल्लो स्थिति हेर्दा नेप्से २०८३ असोज १३ सम्मको सूचकांक २६०३.७१ बिन्दुमा पुगेको छ। बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब पुगेको छ। पुँजी बजारबाट सरकारी राजस्वमा योगदान हेर्ने हो भने आ.व. ०८२/८३ मा १५ अर्ब ६१ करोड र ८३/८४ को भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको देखिन्छ।’

गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको बोर्डले चालु आर्थिक वर्षको असोज मसान्तसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि अनुमति प्रदान गरेको छ।

Previous Post

नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने

Next Post

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति सार्वजनिक

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In