• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा गरिएको छ।

सुरस्चन्द्र महाविहारमा मंगलवार र बुधवार दुई दिन उक्त पूजा गरिएको हो। नेपाली समुदायले विभिन्न क्षेत्रमा वसुन्धरादेवीको व्रत पूजा गर्ने गरेका छन्।

सुरस्चन्द्र महाविहार महापाल सुधार समितिका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले नेपाल संवत् यँलागाः तृतीयाका दिन वसुन्धरादेवीको व्रत बसी पूजा गर्ने गरिएको बताएका छन्। उनका अनुसार यस वसुन्धरा व्रतलाई कात्तिला व्रत वा धलं पनि भनिन्छ।

महापालस्थित विहारमा परम्परादेखि नै यस तिथिमा व्रत बस्ने चलन रहँदै आएको उनले बताएका छन्। वसुन्धरादेवीको व्रतले परिवारको सुख, समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारीबोध गराउने उनले बताएका छन्।

उनका अनुसार व्रतले परिवारका सदस्यको आयु, आरोग्य, ज्ञान, धन, जन, अन्न र रत्नमा वृद्धि हुने विश्वास रहेको छ। उनले वसुन्धरा व्रतको धार्मिक मान्यताले राज्य सञ्चालन गर्ने व्यक्तिहरूलाई समेत जनताप्रति समर्पित र जिम्मेवार बन्न प्रेरित गर्ने बताएका छन्। राज्य सञ्चालक जनताप्रतिको दायित्वबाट विमुख भए त्यसको असर नागरिकले भोग्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘अहिले यहाँ वसुन्धरा व्रत चलिरहेको छ। यस व्रतलाई कात्तिला व्रत या धलं भन्ने गरिन्छ। यो हाम्रो विहारमा कुलकुलानीदेखि चल्दै आएको छ। व्रतको मूल उद्देश्य भनेको सबै परिवारजनमा आयुरारोग्य अर्थात् सदैव सबै निरोगी होऊन्, वृद्धि प्रज्ञा अर्थात् ज्ञानका कुराहरू सबैले सदैव प्राप्त गरून्, धन प्राप्ति होस्, जन प्राप्ति होस्, जुन जन गुणयुक्त होस्, अन्नबाट पनि परिपूर्ण होस्, रत्न भनेको आभूषणबाट पनि परिपूर्ण होस्। परिवारमा सुख होस्, समृद्धि होस् भन्ने भावनाअन्तर्गत यो व्रत प्रत्येक वर्ष नेपाल संवत्को तिथिअनुसार यँलागाः थ्व तृतीयाका दिन गर्ने गरिन्छ। जनता र राष्ट्रप्रति आफ्नो दायित्व, जिम्मेवारी र जवाफदेहिता पूरा गर्नुपर्छ। जनतालाई सुख र राज्यमा शान्ति तथा समृद्धि कसरी प्रदान गर्ने भन्ने विषयसँग पनि यो व्रत जोडिएको छ।’

शाक्यले वसुन्धरा व्रतको कथाले पारिवारिक सम्बन्धमा अनुशासन, आपसी सम्मान र आदरको महत्वसमेत दर्शाउने बताएका छन्। व्रतको प्रसादको अपमान गरेकी सुन्दरादेवीले दुःख भोग्नुपरेको र पछि क्षमायाचना गरी वसुन्धरा देवीको पूजा तथा व्रत गरेपछि पुनः आफ्नो सुन्दर रूप प्राप्त गरेको धार्मिक मान्यता रहेको उनको भनाइ छ।

त्यसैगरी, राजाले समेत मायामोहमा परी आफ्नो जिम्मेवारी बिर्सिएमा त्यसको असर राज्य र जनतामाथि पर्ने धार्मिक मान्यता रहेको उनले बताएका छन्।

Previous Post

बाढीपहिरोले क्षति पुर्‍याएका विद्युत् पूर्वाधार तत्काल पुनर्निर्माण गर्न कुलमान घिसिङको माग

Next Post

नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छः सभापति प्रियराज रेग्मी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In