• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फन्ड भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएका छन्।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बोल्दै उनले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा सीडीएससीले सेटलमेन्टको काम गर्ने र अक्सन मार्केट सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार छिट्टै नतिजा देखिने गरी काम भइरहेको छ।

त्यस्तै, एनआरएन फन्ड नेपाल भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक सबै तयारी तथा कार्ययोजना तयार गरिसकेको उनले जानकारी दिएका छन्। अब त्यसको परिणाम आउन मात्र बाँकी रहेको उनको भनाइ छ।

सापकोटाले लगानीकर्तालाई थप प्रभावकारी सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनका अनुसार करिब ८० लाख लगानीकर्ताको होल्डिङ व्यवस्थापन गर्ने निक्षेप प्रणाली भएकाले सीडीएससी प्राविधिक रूपमा बलियो र सक्षम हुनुपर्ने आवश्यकता छ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘अक्सन मार्केटका सम्बन्धमा पनि हामी छिट्टै यसको नतिजा ल्याउने चरणमा छौँ। हामी सेटलमेन्ट गर्छौँ भने नेप्सेले अक्सन मार्केट सञ्चालन गर्ने हो। यस विषयमा बोर्डसँग हाम्रो समन्वय भइरहेको छ। त्यसैले यसको पनि छिट्टै नै नतिजा आउनेछ भन्ने अपेक्षा गरेका छौँ।

त्यसैगरी, गैरआवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने विषयमा पनि हामीले एक तहसम्मको गृहकार्य गरिसकेका छौँ। अहिले एनआरएन फन्ड भित्र्याउने विषयमा सीडीएससी र नेप्सेले आवश्यक सबै तयारी तथा कार्ययोजना तयार गरिसकेका छन्। यसमा अब नतिजा आउन मात्र बाँकी हो।

यससँगसँगै, सीडीएससीले लगानीकर्तालाई प्रविधिमार्फत अझ राम्रो सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि निरन्तर काम गरिरहेको छ। हामीले जुनसुकै क्षेत्रमा पनि लगानीकर्तालाई अझ प्रभावकारी र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ।

तर यसमा एउटा महत्त्वपूर्ण कुरा सबैले बुझ्न आवश्यक छ, जुन मैले अघि पनि भनेँ—करिब ८० लाख लगानीकर्ताको धितोपत्र स्वामित्वको अभिलेख तथा होल्डिङ व्यवस्थापन गरिरहेको निक्षेप सदस्य तथा निक्षेप प्रणालीका रूपमा सीडीएससी प्राविधिक रूपमा अत्यन्त सक्षम र सबल हुनुपर्छ।

हामीले पूर्वाधारको क्षेत्रमा कुनै पनि किसिमको कमजोरी राख्ने अवस्था छैन। यस विषयलाई प्राविधिक रूपमा कमजोर बनाएर वा सामान्य रूपमा लिएर अघि बढ्ने ठाउँ हामीसँग छैन। त्यसैले पूर्वाधारमा आवश्यक पर्ने लगानीदेखि लिएर अन्य सम्पूर्ण पक्षमा सीडीएससी प्राविधिक रूपमा सक्षम र सबल हुनुपर्छ।

म सबैलाई के भन्न चाहन्छु भने, कुनै पनि विषयमा सम्झौता नगरी अगाडि बढौँ। विशेषगरी पूर्वाधारको सवालमा सीडीएससी क्षमताका हिसाबले उत्कृष्ट हुनुपर्छ। किनभने सम्पूर्ण लगानीकर्ताको धितोपत्र होल्डिङ तथा त्यससम्बन्धी अभिलेख हामीसँग छ। त्यसैले यो जिम्मेवारीलाई हामीले अत्यन्त गम्भीरताका साथ लिनुपर्छ। यसै कुरालाई ध्यानमा राख्दै, हाम्रो तर्फबाट गर्न सकिने र गर्नुपर्ने सबै काम हामी पूर्ण रूपमा गर्नेछौँ।’

उनले सीडीएससीको तर्फबाट लगानीकर्तालाई सेवा प्रवाह थप प्रभावकारी बनाउन आवश्यक सबै काम अघि बढाइने बताएका छन्। सीडीएससीको पूर्वाधार विकासमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुनेमा जोड दिँदै सापकोटाले संस्थाको क्षमता र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्। त्यसका लागि आवश्यक बजेटदेखि अन्य स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिइने उनको भनाइ छ।

Previous Post

नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल बनाई संसद्मा प्रश्तुत गर्न सरकारलाई अर्थसमितिको निर्देशन

Next Post

तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In