• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन्।

उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ। बन्द रहेको नाका खुलाउनका लागि चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रमुख भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। उनले सडकमा सुधार गर्नुपर्ने भएमा पनि एक–दुई दिनमै सुधार गरी नाका सञ्चालनमा ल्याउन सकिने बताएका छन्।

भण्डारीका अनुसार वर्षायाममा समेत नेपालतर्फको सडकबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए। वर्षा रोकिएसँगै अहिले दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम सुरु गरिएको उनले जानकारी दिएका छन्।

पछिल्लो समय नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण चिनियाँ पक्षले सवारी आवागमन रोकेको भए पनि वास्तविक अवस्था त्यस्तो नरहेको उनको दाबी छ। नाका बन्द हुनुको कारण नेपालतर्फको सडकको अवस्था भएको भन्ने चर्चा चलेपछि चिनियाँ प्राविधिक टोलीसहितको संयुक्त अनुगमन गरिएको उनले बताएका छन्। भण्डारीले नाका खुलेको अवस्थामा नेपालतर्फको सडकले सवारी आवागमनमा अवरोध नगर्ने दाबी गरेका छन्।

उनले भने, ‘सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन र त्यसलाई अलिकति सुधार गर्नुपर्ने भयो भने एक–दुई दिनमा हामीले त्यो सुधार पनि गर्छौँ। अहिलेसम्म बर्खा नै थियो। हामीले वान वे पास मजाले गरिरहेका थियौँ, त्यो वान वे पासलाई अहिले पनि समस्या छैन। बर्खा रोकिएपछि हामी यसलाई टु वे पास गर्न सक्छौँ।

अहिले चीनको तर्फबाट बाटो अप्ठ्यारो भएको कारणले गर्दा रोकियो भन्ने किसिमको सन्देश गएको हामीले पायौँ। वास्तवमा त्यो थिएन, गाडीहरू पास भएकै थिए र भएका पनि छन्। हामीले यही बीचमा पनि ४५ फिटका ५७ वटा कन्टेनर पास गर्यौँ। यहाँका लोड भएका अडिएका सबै पास गरिसकेका छौँ। त्यसैले अब पास गर्नलाई समस्या छैन।

अब केही दुईतर्फी सञ्चालन गर्नका लागि पनि हामीले एक–दुई दिन, बढीमा चार दिनको समय पाएमा त्यो गर्छौँ। हामीले दुई–तीन दिनमा यो सबै क्लियर गर्छौँ। त्यसैले यहाँबाट जुनसुकै गाडी, जुनसुकै लोडका गाडी र जुनसुकै सवारीसाधन पनि लैजानका लागि हामी तयार छौँ। नाका खोलेको अवस्थामा एक घण्टा पनि गाडी रोकिने अवस्था छैन। सरासर गाडीहरू जाने अवस्था छ। नाका खोल्यो भने बाटोले रोकिने अवस्था छैन।’

यसबीचमा ४५ फिटका ५७ वटा कन्टेनरसमेत नेपालतर्फबाट पास गरिएको उनको भनाइ छ। उनले बाटोमा अड्किएका लोडेड सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाइसकिएको बताएका छन्।

सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उनले स्पष्ट पारेका छन्। कोदारी राजमार्गमा पहिरो गएपछि तातोपानी नाका बन्द रहेको छ। यस्तै, भदौ १० गतेको रसुवा बाढीका कारण केरुङ नाका र हालैको बाढीका कारण पहिरो जाँदा मुस्ताङको कोरला नाकासमेत बन्द रहेको छ।

चीनतर्फका मुख्य नाका बन्द भएपछि सरकारले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेको छ।

Previous Post

अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा

Next Post

जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In