• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरस्थित महाकाली नदीमा आएको भीषण बाढीका कारण पर्यटकीय तथा रणनीतिक महत्व बोकेको बहुचर्चित दोधरा चाँदनी झोलुङ्गे पुलको करिब ७५ मिटर भाग क्षतिग्रस्त भएको छ ।

नदीको भङ्गालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्र कटान गरेपछि महाकालीपारिको बस्तीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने मुख्य पैदलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले पुल क्षतिग्रस्त हुँदा दोधरा चाँदनीवासीको दैनिक जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने सांसद महताले घटना राति करिब ११ बजे भएकाले मानवीय क्षति हुन नपाए पनि स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा दैनिक ज्यालादारी गर्ने सर्वसाधारणको आवागमन ठप्प भएको जानकारी दिएका छन् ।

सांसद महताका अनुसार महाकालीपारिको दोधरा चाँदनीलाई आफ्नै जिल्लाको सदरमुकामसँग जोड्ने उद्देश्यसहित वि.सं. २०५७ सालदेखि निर्माण सुरु गरिएको यो पुल २०६१ सालमा सम्पन्न भएको थियो । ९ करोड ४० लाख रुपैयाँ लागतमा निर्मित १ हजार ४५३ मिटर लामो उक्त संरचना एशियाकै लामो झोलुङ्गे पुलका रूपमा समेत परिचित छ । पुल निर्माण हुनुअघि स्थानीय बासिन्दा सदरमुकाम पुग्नसमेत भारतीय भूमि भएर यात्रा गर्न बाध्य थिए । यो पुल सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको मात्र नभई पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत विकास भएको थियो ।

पुल भासिएपछि सीमावर्ती दोधरा चाँदनी क्षेत्रको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । सांसद महताले यो केवल भौतिक संरचनाको क्षति मात्र नभई हजारौँ नागरिकको अवसर र जीवनरेखामाथिको प्रहार भएको बताएका छन् । उनले तत्काल स्थलगत प्राविधिक टोली खटाई क्षतिको विस्तृत मूल्यांकन गर्न, पुलको समग्र संरचनागत सुरक्षाको परीक्षण गरी यथाशीघ्र पुनर्निर्माण थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गरेका छन् ।

त्यस्तै, महाकाली नदीमा आउने मौसमी बाढी र कटानबाट भविष्यमा यस्ता रणनीतिक पूर्वाधार जोगाउन नदी नियन्त्रण, तटबन्ध निर्माण र दीर्घकालीन सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

Previous Post

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

Next Post

मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In