• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद (आइसोलेटेड) भएको छ ।

विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर ‘ब्ल्याकआउट’ भएको छ भने बेनी–जोमसोम–कोरोला सडक खण्डका ४६ स्थानमा क्षति पुग्दा स्थानीय जनजीवन र राष्ट्रिय आपूर्ति प्रणालीसमेत प्रभावित बनेको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा मुस्ताङका नेपाली काँग्रेस सांसद योगेश गौचन थकालीले मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराएका छन् । विशेषगरी लुक्रा गाउँमा स्थानीयका घर पूर्ण र आंशिक रूपमा क्षति भएको उनले बताएका छन् ।

पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र सञ्चार प्रणालीमा धक्का पुगेको छ । म्याग्दीको दानामा रहेको सब–स्टेसन र ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा तीन दिनदेखि मुस्ताङ अन्धकारमा छ ।

सांसद थकालीले भने, ‘सञ्चार र इन्टरनेट सुविधा नहुँदा जिल्लाको यथार्थ अवस्था बुझ्न र उद्धार कार्य गर्नसमेत राज्य संयन्त्रलाई कठिनाइ भइरहेको छ । दुर्गम सीमावर्ती क्षेत्रमा सडक, विद्युत् र सञ्चारको पहुँच कायम राख्नु तथा संकटका बेला तत्काल उद्धार गर्न सक्नु नै राष्ट्रिय सुरक्षाको बलियो आधार हो । सुरक्षालाई सेना र प्रहरीमा मात्र सीमित नराखी आधारभूत पूर्वाधारको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्छ ।’

उनले बेनी–जोमसोम–कोरोला सडक खण्ड केवल स्थानीय सडक मात्र नभई रणनीतिक महत्वको राष्ट्रिय पूर्वाधार भएको स्मरण गराएका छन् । यो सडक अवरुद्ध हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापारिक कनेक्टिभिटी र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ । सांसद थकालीले यस विपत्तिलाई ‘राष्ट्रिय सुरक्षा’ र ‘जलवायु सुरक्षा’को दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह गरेका छन् ।

Previous Post

महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

Next Post

प्रतिनिधि सभामा उठे तीन गम्भीर सवालः हिमालमा बेपत्ताको खोजीदेखि पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In