• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
दसैँ–तिहारमा पूर्वी चितवनको सुरक्षा ‘क्यामेराको नजर’मा, गस्तीमा बडी वनदेखि जीपीएससम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असोज। दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा र शान्तिसुव्यवस्था कायम राख्न प्रहरीले ५० हजार ४५८ जना जनशक्ति परिचालन गर्ने भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था र अधिकारको संरक्षण गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकता दिइएको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन योजनाबद्ध प्रहरी परिचालन, नियमित अनुगमन र सुरक्षा मापदण्डको कार्यान्वयनमा जोड दिइएको प्रहरीले जनाएको छ। चाडपर्वका अवसरमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने झैझगडा, लुटपाट र अन्य अप्रिय घटनालाई ध्यानमा राख्दै सुरक्षा रणनीति तयार पारिएको छ। एउटा स्थानमा भएको घटनाले अन्य क्षेत्रमा समेत असर पारेर शान्तिसुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावनालाई मध्यनजर गरी प्रहरीलाई विशेष सतर्कतासहित परिचालन गरिनेछ।

चाडपर्वका बेला ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुन्डी कारोबारजस्ता गतिविधि बढ्न सक्ने प्रहरीको विश्लेषण छ। यस्ता अपराध नियन्त्रण गर्न सम्भावित जोखिमका आधारमा सुरक्षा रणनीति तय गरिएको छ।

त्यसैगरी, खुला सीमा नाकाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसार तथा तस्करी रोक्न पनि विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ।

आठ कार्यालयअन्तर्गत ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसहित सातवटै प्रदेश प्रहरी कार्यालयमार्फत गरी ५० हजार ४५८ जना प्रहरी परिचालन हुने प्रवक्ता काफ्लेले बताएका छन्।

प्रहरी परिचालनको विवरणअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत ७ हजार ६६८ जना खटिनेछन्। कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३० र बागमती प्रदेशमा ४ हजार ४९९ जना प्रहरी परिचालन हुनेछन्।

त्यस्तै, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ तथा सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ जना प्रहरी खटाइनेछन्।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नागरिक र प्रहरीबीचको सहकार्यलाई पनि प्राथमिकता दिइएको छ। यसका लागि स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ।

यात्रु तथा सडक सुरक्षामा विशेष निगरानी

प्रहरीले परम्परागत सुरक्षा अभ्याससँगै प्रविधिमा आधारित निगरानीलाई चाडपर्व सुरक्षा योजनाको महत्त्वपूर्ण हिस्सा बनाएको छ। चाडपर्वका बेला लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सुरक्षा र सडक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। यसका लागि देशका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको सवारीचालक अनुमतिपत्र जाँच गरिनेछ। साथै, चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरे–नगरेको, सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको तथा लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको परीक्षण गरिनेछ।

लामो दूरीका सार्वजनिक सवारीसाधनमा ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरी चालकसम्बन्धी विवरण जाँच गर्ने व्यवस्था पनि मिलाइएको छ। त्यसका अतिरिक्त प्रत्येक सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको प्रमाणपत्रसमेत निरीक्षण गरिने प्रहरीले जनाएको छ।

यात्रु तथा सडक सुरक्षाका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयबाट १ हजार १६५ जना प्रहरी परिचालन गरी देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ। ती डेस्कमा थप ७०५ जना जनशक्ति परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।

यात्रु सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराइनेछ। हराएका वा भेटिएका व्यक्ति तथा सामानको खोजी र समन्वय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता र यात्रुका गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ। साथै, शंकास्पद गतिविधिबारे सूचना संकलन गरी आवश्यकताअनुसार प्रहरी परिचालन गरिनेछ।

सीसीटीभी, ड्रोन र सामाजिक सञ्जालबाट निगरानी

चाडपर्वका बेला सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन प्रहरीले उपलब्ध आधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ। यसअन्तर्गत सीसीटीभी क्यामेरा, बडीवर्न क्यामेरा र ड्रोनको प्रयोग गरिनेछ। तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै प्रहरी सञ्चार प्रणालीमार्फत तत्काल सूचना आदानप्रदान गर्ने व्यवस्था पनि मिलाइएको छ।

सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको निगरानी र विश्लेषण गरी सम्भावित सुरक्षा चुनौती पहिचान गरिनेछ। प्राप्त सूचनाका आधारमा आवश्यक प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउने प्रहरीको योजना छ।

डिजिटल माध्यमबाट हुने अपराध नियन्त्रणका लागि प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आकर्षक उपहारको प्रलोभन देखाएर गरिने नक्कली अनलाइन किनमेल, अनलाइन ठगी, बैंकिङ ठगी तथा ओटीपी, पिन र पासवर्ड मागेर गरिने फिसिङजस्ता गतिविधिबाट जोगिन प्रहरीले सचेत गराएको छ। कुनै पनि व्यक्ति वा संस्थाले माग्दैमा यस्ता गोप्य विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।

संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर सुरक्षा

चाडपर्वको सुरक्षा व्यवस्थाअन्तर्गत बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र र विमानस्थलमा विशेष निगरानी गरिनेछ। धार्मिक स्थल, पर्यटकीय गन्तव्य, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, सहरका प्रवेश र निकास नाका तथा सुनचाँदी र अन्य बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।

यी संवेदनशील स्थानमा आवश्यकताअनुसार प्रहरी परिचालन गरी चोरी, ठगी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने र सर्वसाधारणलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउने नेपाल प्रहरीको योजना छ।

Previous Post

कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

Next Post

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In