काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गरेका हुन्।
कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा हालसम्म निर्वाचित हुने एक्ला नेता हुन्। शिवाकोटी विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्य थिए। खतिवडा र शिवाकोटी दुवैले लोकप्रिय मतका आधारमा जित हासिल गरेका छन्।
