• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उनको भनाइ छ। उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको बताएका छन्। उनले पार्टीको आगामी महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्ने बताएका छन्।

मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ। त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै सबैका लागि ढोका खुला गर्नुपर्ने बताएका छन्। उनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेन्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ। अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्। सबैजसो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका छन्। यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो।

त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब आउने चुनौतीको सामना गर्न तयार पार्ने र आगामी दिनमा देशको नेतृत्व गर्ने शक्तिका रूपमा तयार पार्ने हाम्रो जिम्मेवारी छ। हाम्रो कर्तव्य छ। हामी सबै कार्यकर्ताहरूको कर्तव्य छ। त्यसकारण मैले तपाईंहरूलाई भन्छु कि यो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस्तो शक्तिका रूपमा तयार गर्न हामी परम्परागत रूपमा जसरी हिँडिरहेका छौँ, जसरी चलिरहेका छौँ, त्यसले पुग्दैन। मैले पनि जे गरिरहेको छु, त्यसले पुग्दैन। तपाईंहरूले पनि जे गरिरहनुभएको छ, त्यसले पुग्दैन। हामी सबै बदलिनुपर्छ र नयाँ ढङ्गले अघि बढ्नुपर्छ।

यसलाई एकमुष्टमा भन्ने हो भने आगामी महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर जानुपर्छ। पुनर्गठित राप्रपा हामीले बोकेर जानुपर्छ। यसका लागि पार्टीमा सबैका लागि ढोका खोल्नुपर्छ। त्यो क्रममा कोही समस्याका रूपमा छन् भने छुट्न पनि सक्छन्। त्यसमा हामीले चिन्ता गर्न हुँदैन। अहिले हामी जति छौँ, सैद्धान्तिक रूपमा ती मानिसहरू एकताबद्ध भएर जानुपर्छ। कोही पनि विचलित हुनु हुँदैन।

तर व्यावहारिक हिसाबले हामीले यो कुरा पनि बुझ्न जरुरी छ। हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा बन्दैन। हामीले अरू मान्छे नबढाउने, आममान्छेको पार्टीका रूपमा राप्रपालाई विकसित नगर्ने, भएका मात्रै अँगालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त? अरूलाई आउन नदिने? राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको कुरा त परको कुरा भइगयो। एउटा साइनबोर्ड मात्रै झुन्ड्याएर बसेर हामीले हाम्रा आदर्शहरू स्थापित गर्न सक्दैनौँ।
त्यसकारण मैले फेरि पनि भन्छु, हामी सबैले एउटा मनस्थिति बनाउन जरुरी छ। एउटा अठोट गर्न जरुरी छ र यो पार्टीलाई पुनर्गठित गरेर अघि बढाउन जरुरी छ। आगामी महाधिवेशनमा यो पार्टीलाई पुनर्गठित गरेरै लैजाने अठोटका साथ महाधिवेशनको तयारीमा जुट्न म तपाईंहरू सबैलाई आग्रह गर्दछु।’
आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

 

Previous Post

कोरियाका लागि प्रश्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

Next Post

भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित घेवा पूजामा सहभागी भए प्रचण्ड

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In