• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

हिमालय संरक्षण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : गणेश पराजुली

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
हिमालय संरक्षण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : गणेश पराजुली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिको विकासमार्फत नेपालको आर्थिक रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन्।

चीनमा आयोजित सन् २०२६ को ‘लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस’ मा नेपालको प्रतिनिधित्व गर्दै पराजुलीले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी थिए।

फोरममा पराजुलीले उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्तिका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहेका पराजुलीले हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जलवायुजन्य विपद्का असर कुनै एउटा देशको सीमाभित्र मात्र सीमित नरहने बताए।

हिमालयको संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणालीको विकास र जलवायु उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको दूरी घटाउँदै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा पनि पराजुलीले जोड दिए।

शैक्षिक संस्थाहरूलाई उद्योगको आवश्यकता र बजारको मागसँग जोड्न सके युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताए।

Previous Post

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको अग्रता

Next Post

काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In