• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकाले सम्यक महादानका लागि तयारी तीव्र पारेको छ।

महानगरले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादान सफल बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरी तयारी अगाडि बढाएको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महादान सफल पार्न आवश्यक तयारी थालिएको जानकारी दिइन्। उनका अनुसार महादानमा सहभागी हुने दीपङ्कर बुद्धको उपस्थिति सुनिश्चित गरिएको छ। महादानमा सहभागी हुने दीपङ्कर बुद्धका संरक्षक, सम्बन्धित परिवार, समुदाय र गुठीसँग छलफल गरी कार्यक्रममा उपस्थित हुने प्रतिबद्धता लिइएको उनले बताइन्। संरक्षकहरूलाई औपचारिक निमन्त्रणा दिने प्रक्रिया अघि बढाइएको र उनीहरूलाई मूल समारोह समितिको सदस्यका रूपमा मनोनयनसमेत गरिएको उनले जानकारी दिइन्। महादानको तयारीलाई व्यवस्थित बनाउन अभिलेखीकरण, स्थान व्यवस्थापन, पूजा तथा दान, देवता निमन्त्रणा र सांस्कृतिक गतिविधिका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको उनले बताइन्। ती उपसमितिका संयोजक तथा सदस्यहरूको मनोनयन गरी आवश्यक छलफलसमेत गरिएको उनको भनाइ छ। महादानसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको अभिलेखीकरण गरी पुस्तक प्रकाशन गर्ने तयारीसमेत रहेको उनले बताइन्। दीपङ्कर बुद्धका संरक्षक परिवार, समुदाय तथा गुठीको आधिकारिक विवरण सहजै उपलब्ध नहुँदा आवश्यक जानकारी संकलनमा समय खर्चिनुपर्ने अवस्था रहेकाले प्राप्त विवरणलाई व्यवस्थित रूपमा अभिलेख गर्न लागिएको उनको भनाइ छ। अभिलेखीकरणले आगामी पुस्तालाई सम्यक महादानको प्रक्रिया, परम्परा र व्यवस्थापनबारे जानकारी उपलब्ध गराउने र भविष्यमा कार्यक्रम आयोजना गर्दा आवश्यक विवरण खोज्न लाग्ने समयसमेत घटाउने उनले बताइन्।

उनले भनिन्, ‘सम्यक महादान गर्न धेरै समुदायको महत्त्वपूर्ण भूमिका हुन्छ। सबैजनालाई नछुट्ने गरी समेट्न सकिने गरी हामी प्रयासरत छौँ। हामीले मूल समारोह समिति घोषणा गरेलगत्तै तयारीको काम अगाडि बढाएका छौँ। सम्यक महादानमा सबैभन्दा महत्त्वपूर्ण भनेको दीपङ्कर बुद्ध कति ल्याउन सक्छौँ, सबैको उपस्थिति हुन्छ कि हुँदैन भन्ने कुरा हुन्छ। यो कार्यक्रमको मुटु भनेकै भगवान् भएकाले भगवान् संरक्षण गरेर दीपङ्कर बुद्धहरू संरक्षण गरेर राखिरहनुभएका विभिन्न परिवार, समुदाय र गुठीहरूसँग हामीले गत हप्ता मात्रै बैठक बसेका थियौँ। उहाँहरूबाट हामीले माघ १ गते सम्यक महादानमा उहाँहरूको उपस्थिति हुने प्रतिबद्धता लिइसकेका छौँ। प्रशासनिक रूपमा उहाँहरूलाई निमन्त्रणा दिने काम पनि भइसकेको छ। उहाँहरूलाई मूल समारोह समितिको सदस्यका रूपमा हामीले मनोनयन पनि गरिसकेका छौँ। भगवान्सँगै त्यहाँ विभिन्न पूजा, आज्ञा, दानदेखि लिएर सांस्कृतिक पक्षहरू, बाजा, कुनै विशेष बाजा बजाउनै पर्ने, भगवान्लाई ल्याउन र लैजान यस्ता खालका विभिन्न सांस्कृतिक पक्षहरू छन्। तीसँगसँगै अभिलेख गर्न एकदमै जरुरी छ। हामीले जति पनि कामहरू गरिरहेका छौँ, डकुमेन्टेसन गरिरहेका छौँ, जसले गर्दा अन्त्यमा एउटा किताब नै प्रकाशन गर्नेछौँ र त्यो किताब सम्यक महादानको प्रक्रियाबारे हुनेछ। हामीले अहिले भगवान्का संरक्षकहरू को–को हुनुहुन्छ भन्ने आधिकारिक सूची कतै भेटाउन सकेका छैनौँ। त्यसका लागि नै धेरै अनुसन्धान गर्नुपर्‍यो। ती अनुसन्धान गरेर त्यसको डकुमेन्टेसन भएपछि आगामी पुस्ताले पनि भविष्यमा कसैले सम्यक महादान गरेमा सहयोग पाउनेछ। हामीले ७० प्रतिशत समय खोजतलास गर्नलाई खर्च गरिरहेका छौँ। त्यो कुरा छोटकरीमा डकुमेन्टेसन भएपछि सजिलो हुने हामीले अपेक्षा लिएका छौँ। त्यसका लागि अभिलेखको छुट्टै उपसमिति, स्थान व्यवस्थापनको छुट्टै समिति, पूजा तथा दानको छुट्टै उपसमिति, देवता निमन्त्रणा दिने छुट्टै उपसमिति र सांस्कृतिक विभिन्न क्रियाकलापका लागि छुट्टै उपसमिति गठन गरेका छौँ। आज हामीले विभिन्न उपसमितिका संयोजकलगायत सदस्यहरूलाई मनोनयन पनि गरेका छौँ। सम्यक महादान गर्न बजेट पनि ठूलो लाग्छ, तर बजेटले मात्र सम्पन्न हुने कार्यक्रम पनि हुँदै होइन। यसमा समुदायको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले पुराना अभिलेखहरू खोजेर एउटा सूची त बनायौँ, तर त्यसमा पनि कोही छुटेको हुन सक्छ। कसैलाई बिर्सेको अथवा हामीलाई बोलाएन भन्ने लाग्छ भने हामीलाई खबर गर्नुहोला। केही छुटफुट भएको हुन सक्छ।’

उनले सम्यक महादान बजेटले मात्र सफल हुने कार्यक्रम नभई समुदायको सहभागिता, सहयोग र सामूहिक प्रयासमा निर्भर रहने बताइन्। उनले कार्यक्रमको तयारीदेखि सञ्चालनसम्म विभिन्न समुदाय र सरोकारवालाको सहभागिता सुनिश्चित गर्न महानगरले पहल गरिरहेको जानकारी दिइन्। पुराना अभिलेख तथा अनुसन्धानका आधारमा सूची तयार गरिए पनि केही संरक्षक वा समुदाय छुटेको हुन सक्ने भन्दै उनले सम्बन्धित सबैलाई महानगरको सभा गृहमा रहेको मूल समारोह समितिको सचिवालयमा सम्पर्क गरी सुझाव दिन आग्रह गरिन्। काठमाडौंको बुइखलमा आयोजना हुने सम्यक महादानलाई सफल बनाउन सबै पक्षको रचनात्मक सुझाव र सक्रिय सहभागिता आवश्यक रहेको उनले बताइन्।

 

Previous Post

हिमालय संरक्षण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : गणेश पराजुली

Next Post

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In