• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश कर्णाली प्रदेश

कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले कर्णालीका समस्या काठमाडौंले बुझ्न आवश्यक रहेको बताएका छन्।

बुधवार काठमाडौंमा ‘आधा अध्याय’ पुस्तक विमोचन गर्दै उनले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौंले बुझ्न आवश्यक रहेको बताएका हुन्। काठमाडौंमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उनले बताए। दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीति बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उनको भनाइ छ।

उनले भने, ‘हामीले कर्णालीको भावना, सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ। काठमाडौंवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौँ। गाउँको कुरा, विकट जिल्लाको कुरा, कर्णालीको कुरा विभिन्न कथाहरू सुन्दै आएको कारण पनि मैले राजनीति गर्न सकेको हो।’

पुस्तकका लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीका समस्या, गरिबी, अभाव र नागरिकका दुःख–पीडालाई राज्यको नीतिनिर्माण तहसम्म पुर्‍याउने उद्देश्यले ‘आधा अध्याय’ पुस्तक लेखेको बताए। केन्द्रीकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। गाउँघरका नागरिकले भोगिरहेका भौगोलिक विकटता, सामाजिक समस्या र अभावलाई पुस्तकमार्फत अभिलेखबद्ध गरी सिंहदरबारसम्म पुर्‍याउने आफ्नो प्रयास रहेको उनले बताए। कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई काठमाडौंसँग जोड्ने उद्देश्यले राजधानीमा पुस्तक विमोचन गरिएको उनको भनाइ छ।

उनले भने, ‘आफ्ना वास्तविक समस्याहरू, गाउँबस्तीमा गरिबीको रेखामुनि रहेका तमाम दाजुभाइ, दिदीबहिनीहरूका पीडा, सुख–दुःखहरू, उकाला–ओराला, विकट बस्तीहरू, भौगोलिक विकटता र केन्द्रीकृत राज्यसत्ताबाट टाढा–टाढाका गाउँबस्तीमा भइरहेका अभाव र पीडाहरूलाई किताबमार्फत लिपिबद्ध गरेर शासकका आँखासम्म, सिंहदरबारका टेबलहरूसम्म पुर्‍याउने कोसिस गरेको छु। राज्य सञ्चालन गर्नेहरूले कर्णालीको वास्तविक समस्याको पहिचान गरेर त्यसलाई ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ।’

उनका अनुसार जुम्लाको सिञ्जा नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्र हो। खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले सिञ्जाको विशिष्ट पहिचान स्थापित गरेका छन्। सिञ्जा सभ्यतालाई नेपालको महत्त्वपूर्ण सभ्यतामध्ये एकका रूपमा उल्लेख गर्दै उनले त्यसको इतिहास, परम्परा र संस्कृतिबारे राष्ट्रियस्तरमा थप चर्चा हुनुपर्ने बताए। विगतमा बाइसे–चौबिसे राज्यका रूपमा शक्तिशाली इतिहास बोकेको जुम्लाको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्नुपर्ने उनको भनाइ छ।

 

Previous Post

काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र

Next Post

उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकताः प्रश्तावित राजदुत थापा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In