• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जापानका लागि प्रश्तावित राजदुत जिज्ञानकुमार थापाको स्पष्टीकरणः ‘मेरो ध्यान नेपालको हितमा मात्र’

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
जापानका लागि प्रश्तावित राजदुत जिज्ञानकुमार थापाको स्पष्टीकरणः ‘मेरो ध्यान नेपालको हितमा मात्र’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पीआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गरेका छन्।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले आफूले जापानको पीआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गरे। संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिए। उनले जापानस्थित नेपाली राजदूतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफ्नो पीआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्ट पारे। आफ्नो पारिवारिक अवस्थाबारे बोल्दै उनले आफू र परिवार कानुनी र भावनात्मक रूपमा नेपालसँगै जोडिएको दाबी गरे।

उनले भने, ‘मेरो श्रीमती र छोराछोरीको त्यहाँको बसाइ भिसाको एक प्रकार मात्र हो, उनीहरू नेपाली नागरिक नै हुन्। म कुनै पनि स्वार्थ बाझिने काम गर्दिनँ। मेरो उद्देश्य दुई देशको सम्बन्धलाई थप बलियो बनाउने र नेपालको विकासमा जापानको सहयोग बढाउने हो।’

जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठाइएका प्रश्नमा थापाले सो घर कानुनी रूपमा श्रीमतीको नाममा रहेको र आफ्नो कुनै व्यावसायिक स्वार्थ नरहेको स्पष्ट पारे। थापाले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार गर्न आफ्नो लामो अनुभव र जापानसँगको पहुँच फलदायी हुने विश्वास व्यक्त गरे। उनले कूटनीतिक मर्यादाभित्र रहेर आफूले जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै अनुमोदन भएमा राष्ट्रको सर्वोपरि हितलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

 

Previous Post

जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति

Next Post

सात प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : सुशासन, मितव्ययिता र संघीयता सुदृढीकरणमा जोड

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In