२८ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन्।
उनीहरूमाथि सार्वजनिक यातायातका यात्रुलाई दुःख दिने र हैरानी पुर्याउने आरोप लागेको छ।
प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद लिइएको जनाइएको छ।
