• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

धर्म परिवर्तन गरेपछि जातीय आरक्षण सुविधा नपाइने भारतको सर्वोच्च अदालतको फैसला

रिजन खड्का by रिजन खड्का
२ हप्ता अगाडी
A A
धर्म परिवर्तन गरेपछि जातीय आरक्षण सुविधा नपाइने भारतको सर्वोच्च अदालतको फैसला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पहिलेको जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नमिल्ने फैसला गरेको छ।

अदालतले हिन्दु सामाजिक व्यवस्थाअन्तर्गत पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाएपछि पुरानै सामाजिक अवस्थालाई आधार बनाएर जातीय आरक्षणको लाभ लिन नसक्ने व्याख्या गरेको हो।

तमिलनाडुमा हिन्दु धर्म त्यागेर मुस्लिम बनेका व्यक्तिलाई आरक्षण सुविधा उपलब्ध गराउने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले मद्रास उच्च अदालतको निर्णयलाई सदर गरेको छ। मद्रास उच्च अदालतले धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षण दिने तमिलनाडु सरकारको निर्णय खारेज गरेको थियो।

सर्वोच्च अदालतले संविधानका प्रावधान तथा जातीय आरक्षणसम्बन्धी कानुनी सिद्धान्तलाई आधार बनाउँदै यस विषयमा दायर याचिका खारेज गरेको हो।

अदालतको व्याख्याअनुसार हिन्दु सामाजिक संरचनामा जातका आधारमा उत्पन्न सामाजिक पछौटेपन अर्को धर्म स्वीकार गरेपछि स्वतः कायम रहँदैन। त्यसैले पहिले पिछडिएको वर्ग वा अनुसूचित जातिमा सूचीकृत रहेको व्यक्तिले धर्म परिवर्तनपछि पुरानै जातीय पहिचानका आधारमा आरक्षणको सुविधा माग गर्न नसक्ने अदालतले स्पष्ट पारेको छ।

यस फैसलाले भारतमा धर्म परिवर्तनपछि जातीय पहिचान र आरक्षण सुविधाबीच रहने कानुनी सम्बन्धबारे महत्त्वपूर्ण व्याख्या गरेको छ।

Previous Post

कांग्रेस महाधिवेशन : मधेशी खुला पुरुषतर्फ अनिल रुंगटाको अग्रता कायमै

Next Post

तिब्बती भाषा पढ्न भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000